दार्चुलामा दुई प्रहरीमाथि चक्कु प्रहार
मेरोन्यूज
२०८० माघ ७ गते १९:१८

कैलाली । दार्चुलामा एक युवकले प्रहरीमाथि चक्कु प्रहार गरेका छन् ।
जिल्लाको महाकाली नगरपालिका(१ दहका २५ वर्षीय उमेश कुवरले प्रहरी हवलदार जय बहादुर खड्का र प्रहरी जवान डम्मर बहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन् ।
चक्कुले लागेर ठगुन्ना गम्भीर घाइते भएका छन्। खड्कालाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
चक्कु प्रहार गर्ने कुँवरले पत्नीलाई कुटपिटसहित घरेलु हिंसा गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।
जिल्ला प्रहरी कार्यालयमा निवेदन आएपछि उमेशलाई नियन्त्रणका लागि सामुदायिक प्रहरी बाङ्गाबगरबाट गएको प्रहरी टोलीमाथि आक्रमण स्वरूप चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।
चक्कु प्रहार गर्ने कुँवर फरार भएका छन् । उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ ।
सम्बन्धित
















अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया