राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता ८३ खेलाडी विद्यार्थी पुरस्कृत

चितवन । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेता विद्यार्थीलाई भरतपुर महानगरपालिकाले पुरस्कार वितरण गरेको छ ।
विजेता ८३ विद्यार्थीलाई महानगर प्रमुख रेनु दाहालले आज एक कार्यक्रमका बीच पुरस्कार वितरण गरेका छन् ।
गत पुस २७ र २८ गते सञ्चालन भएको प्रतियोगितमा भरतपुरले ५० पदक हात पार्दै प्रथम स्थान हासिल गरेको थियो । भरतपुरले १५ स्वर्ण, १८ रजत र १७ कास्य पदक जितेको थियो । १६औँ राष्ट्रपति रनिङ शिल्डमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विजेताले क्रमशः रु पाँच हजार, रु तीन हजार र रु दुई हजार पुरस्कार प्राप्त गरेका छन् ।
भरतपुर महानगरपालिकामा भएको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी जित हासिल गर्न सफल विजेता विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गरे । भरतपुरले प्रथम स्थान हासिल गरेपछि विजेता खेलाडीलाई थप प्रोत्साहान गर्नका लागि महानगरले पहिलो पटक पुरस्कारको व्यवस्था गरेको उनको भनाइ थियो ।
यसअघि महानगरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक विजेता भएर आउने खेलाडीलाई नगरसभा समारोहमा पुरस्कृत गर्दै आएको थियो । प्रमुख दाहालले आगामी दिनमा हुने प्रदेश र सङ्घीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उच्च मनोबलका साथ प्रदर्शन गरी उपाधि प्राप्त गर्न शुभकामना व्यक्त गरे ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा सात पालिकाबाट एक हजार चार सय बढी खेलाडीको सहभागिता थियो ।
















कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया