प्रधानमन्त्री कपमा पुलिसको पाँचौं जित
मेरोन्यूज
२०८० माघ १० गते १३:५४

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई ६ विकेटले पराजित गर्दै लगातार पाँचौं जित निकालेको छ ।
मधेश प्रदेशले दिएको ९७ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले १८.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
लगातार पाँचौं जितसँगै पुलिसको फाइनल खेल्ने सम्भावना बलियो बनेको छ ।
पुलिसका लागि सुनिल धमलाले २७ बलमा ३ चौका र २ छक्कासहित २८ रन बनाए ।
त्यस्तै कुशल भुर्तेलले २३ बलमा २ चौका र १ छक्कासहित १९, अर्जुन साउद ७, दीलिप नाथ ४, अमित श्रेष्ठ १५ र आरिफ शेख १६ रन बनाए ।
मधेशका अरनिको यादव र रञ्जित कुमारले २–२ विकेट लिए ।
त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेश २४ ओभरमा ९६ रनमा अल आउट भएको थियो ।
सम्बन्धित
















वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया