बिहीबार, वैशाख २४, २०८३

राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ

मेरोन्यूज २०८० माघ १० गते १८:३८

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् । तामाङलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले बुधबार नियुक्ति दिएको हो ।

Advertisement
NiccNicc

उनले वाफ महिला च्याम्पियनसिपमा नेपालको प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गर्ने भएका हुन् । साउदी अरेवियामा फेब्रुअरी १८ देखि २८ सम्म हुने उक्त प्रतियोगिताका लागि उनले जिम्मेवारी पाएका हुन् ।

तामाङले यसअघि थ्री स्टार क्लब, नेपाल एपीएफ क्लब र मनाङ मस्र्याङ्दी क्लब हेरिसकेका छन्।

नेपाली टोलीको सहायक प्रशिक्षकमा कमला रखाल र श्याम मानन्धर तथा गोलकिपिङ प्रशिक्षकमा उज्वल मानन्धर नियुक्त भएका छन्।

नियुक्त भएसँगै प्रशिक्षक तामाङले ४० सदस्यीय टोलीलाई प्रशिक्षणका लागि बोलाएका छन् ।

प्रतियोगितामा जोर्डन, लेबनान, इराक, प्यालेस्टाइन, साउदी अरेबिया, सिरिया र गुआम सहभागी हुनेछन्।

प्रारम्भिक नेपाली टोलीः 
एन्जिला तुम्बापो सुब्बा (गोलकिपर), अञ्जना राना मगर (गोलकिपर), उषा नाथ (गोलकिपर्र), सपना राई (गोलकिपर), कविता विक (गोलकिपर), अमृता जैशी, गिता राना, हिरा कुमारी भुजेल, पुजा राना, विमला विक, निशा ठोकर, समिक्षा घिमिरे, अन्चली वाइवा, विमला चौधरी, अनिता बस्नेत, प्रिती राई, दीपा शाही, सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मी कुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल, चन्द्रा भण्डारी, हेमा चौधरी, गंगा गुरुङ, सरस्वती हमाल, प्रतिक्षा चौधरी, दिपा न्यौपाने, मोनिका पुलामी मगर, अनुष्का शेर्पा, अन्जली मचामसी, सपना थेबे, मनमाया दमाइ, सम्झना लावती, निर्मला उपाध्याय, प्रिया माझी, सरु वाइवा, रेबिका पाण्डे, कुमारी थोकर।

प्रतिक्रिया