शनिबार, माघ १७, २०८२

पाकिस्तानविरुद्ध नेपाली ब्याटरले एकै बलमा दाैडिएर बनाए पाँच रन

मेरोन्यूज २०८० माघ १० गते १८:४३
आकाश चन्द

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पाकिस्तानविरुद्ध नेपाली खेलाडीले एकै बलमा दौडिएर ५ रन लिएका छन् ।

पाकिस्तानविरुद्धको ४९ औं ओभरमा नेपालका आकाश चन्द र सुभाष भण्डारीले एकै बलमा दौडिएर ५ रन लिएका हुन् ।

४८।५ ओभरमा पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद जिशानको बलमा ब्याटिङ गर्दा क्रिजमा सुवास थिए । मोहम्मदको बल भण्डारीले हानेपछि चन्द र भण्डारीले दौडेर २ रन लिए ।

पाकिस्तानका फिल्डरले फालेको थ्रो बल समाउन नसकेपछि त्यसको फाइदा उठाउँदै चन्द र भण्डारीले दौडेर थप ३ रन लिएका थिए ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा १९७ रनमा अल आउट भएको छ ।

प्रतिक्रिया