प्रधानमन्त्री कप क्रिकेट : आर्मीसँग लुम्बिनी ६५ रनले पराजित

भैरहवा । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज यहाँ भएको खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । आर्मीले लुम्बिनीलाई ६५ रनले हराएको हो ।
बाक्लो हुस्सुका कारण भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा निर्धारित समयमा खेल हुन सकेन् । ढिला गरी खेल आरम्भ भएपछि ५० ओभरको खेल २६ ओभरमा झारिएको थियो । टस हारेपछि पहिला ब्याटिङ गर्दै आर्मीले २६ ओभरमा सात विकेटको क्षतिमा एक सय ७० रन बनायो । एक सय ७१ रनको लक्ष्य पाएको लुम्बिनीले निर्धारित २६ ओभरमा आठ विकेट गुमाएर मात्र एक सय पाँच रन बनायो ।
आर्मीका लागि इमरान शेखले अर्धशतकीय पारी खेले । उनले ७० बलको सामना गर्दै एक छक्का र सात चौकाको मद्दतमा अविजित ६७ रन बनाए । यस्तै कप्तान विनोद भण्डारीले २५ बलमा एक छक्का र चार चौकाको सहायतामा ३४ रन बनाए । भीम सार्कीले २४ र सन्तोष कार्कीले ११ रन बनाए ।
बलिङतर्फ लुम्बिनीका मोहम्मद हुसेन र नर सार्कीले दुई दुई विकेट लिए ।
यसैगरी एक सय पाँच रन बनाउने क्रममा लुम्बिनीका लागि कृष्ण कार्कीले सर्वाधिक ३५ रन बनाए । यस्तै मृणाल गुरुङले १८ र मोहम्मद हुसेनले १५ रन बनाए ।
बलिङतर्फ आर्मीका कुशल मल्लले ६ ओभरमा दुई मेडन राखि ११ रन खर्चेर चार विकेट लिए । यस्तै सोमपाल कामीले पाँच ओभरमा तीन मेडन राख्दै पाँच रन मात्र दिएर दुई विकेट लिए । साहब आलम र अभिनाश कर्णले एक एक विकेट लिए । आर्मीका इमरान शेख प्लेयर अफ दी म्याच घोषित भए । बिहीबार एपिएफ क्लब र लुम्बिनी प्रदेशबीच खेल हुने नेपाल क्रिकेट सङ्घ ९क्यान०ले जनाएको छ ।
















मुस्ताङमा हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार
सामान्य अंकले बढ्यो सेयर बजार
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया