वृषका लागी आजको दिन भाग्यशाली, अन्य राशिकाे कस्ताे छ ?

आज २०८० साल माघ ११ गते बिहिवार । पुष शुक्ल पूर्णिमा । पञ्चाङ्ग: विषकुम्भ विष्टि/भद्रा पुनर्वसु । जनवरी २५ तारिख २०२४
यस्तो छ आज तपाईंको राशिफल :-
मेष : लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
वृष : आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । शेयर बजारले पनि साथ दिनेछ ।
मिथुन : आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आफन्तको प्रगतिमा मन रमाउला । शुभारम्भको चर्चा चल्नेछ ।
कर्कट : मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला विवाद पनि बढ्नेछ, तर साँझमा राम्रो खबर पाइनेछ ।
सिंह : दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
कन्या : आज सभा समारोहमा सहभागि भई मिठो मसिने भोजन लिने अवसर आएपनि स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ, बढी सचेत रहनु होला ।
तुला : आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । वैदेशिक कार्यबाट बढी लाभ र सफलता पाइनेछ ।
वृश्चिक : विश्वासपात्रबाट धोका पाइने छ । चतुर्याइँपूर्ण तरिकाले काम सम्पन्न गरिएला । अनावश्यक खर्च बढ्ने देखिन्छ ।
धनु : महिला साथीबाट सहयोग प्राप्त होला । सामाजिक एवं धार्मिक कार्यमा रुचि रहला । प्राविधिक काममा सफलता मिल्ला ।
मकर : फसेको धन प्राप्तिको लागि संघर्ष गर्नुपर्ने छ । अधुरा कामले गति लिनेछन् । शुभकार्यको लागि धन खर्चनु पर्ला ।
कुम्भ : रमणीय ठाउँको भ्रमण हुनेछ । राजनैतिक काममा अगाडि नसर्नु होला । आर्थिक व्ययभारले सताउने छ ।
मीन : वित्तीय संस्थाको काममा विवादित बनिनेछ । सवारीप्रतिको मोह बढ्ने छ । खानपानमा मुख बार्नुपर्ने छ ।
















संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै
ठगी कसुरमा स्मार्ट टेलिकम प्रालिका सर्वेश जोशी पक्राउ
सुकुम्बासी शिविरमा स्वास्थ्य परीक्षण, आजदेखि पठनपाठन सुरु
मुस्ताङका पर्यटकीय पदमार्ग स्तरोन्नति गरिँदै
रूस युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया