अफगानिस्तानविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने
मेरोन्यूज
२०८० माघ १२ गते १३:४३

काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ ।
बफेलो पार्क इस्ट लन्डनमा भएको टसमा अफगानिस्तानका कप्तान नासिर खानले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिदै नेपाललाई फिल्डिङ को निम्तो दिएका हुन् ।
नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्न चाहन्छ । समूह डीमा रहेका दुवै टीम जितविहीन छन्। आजको खेलको विजेता टोली सुपर सिक्समा पुग्नेछ ।
यस्तै पराजित हुने टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।
नेपालको प्लेइङ ११
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दीपक बोहरा, गुलशन झा, दिपेशप्रसाद कंडेल, सुवास भण्डारी, तिलक राज भण्डारी, विपिन रावल (विकेटकिपर) र आकाश चन्द ।
सम्बन्धित
















अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया