बिहीबार, वैशाख २४, २०८३

८ ओभरभित्रै अफगानिस्तानका ४ खेलाडी आउट, आकाशले लिए ३ विकेट

मेरोन्यूज २०८० माघ १२ गते १४:४०

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले चौथो सफलता पाएको छ।

Advertisement
NiccNicc

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरिरहेको अफगानिस्तानविरुद्ध नेपालले चार विकेट लिइसकेको छ। नेपालले अफगानिस्तानका शीर्ष चार ब्याटरलाई ८ ओभरभित्रै आउट गरेको हो ।

नेपालका बलर आकाश चन्द र गुलशन झाले अफगानिस्तानको पहिलो र दोस्रो विकेट लिए।

त्यसपछि छैटौँ ओभरको पाँचौ बलमा आकाश चन्दले नै अर्का ओपनर जम्सुद जड्रानलाई ३ रनमा बोल्ड आउट गरे। आठौं ओभरमा चन्दकै बलिङमा अफगानिस्तानका अर्का ब्याटर आउट भए ।

लगातार विकेट पतनसँगै अफगानिस्तान दबाबमा आएको छ।

प्रतिक्रिया