प्रधानमन्त्री कपमा पुलिसको लगातार छैटौं जित

काठमाडौँ । नेपाल पुलिस क्लबले जारी प्रधानमन्त्री कपमा लगातार छैटौं जित हासिल गरेको छ ।
शुक्रबार त्रिवि मैदानमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार छैटौं जित हासिल गरेको हो ।
कर्णाली प्रदेशले दिएको १७२ रनको लक्ष्य पछाएको पुलिस क्लबले २३.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो ।
पुलिसको जितमा दिलिप नाथले अविजित ७५ रन बनाएका थिए भने कुशल भुर्तेलले ४३ तथा कप्तान दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाएका थिए ।
यस अघि पहिला ब्याटिङ गरेको कर्णालीले ४२.५ ओभरमा अल आउट हुदै १७१ रन बनाएको थियो । कर्णालीका लागि निश्चल रावलले सर्बाधिक ५० रन बनाएका थिए ।
लामो समयपछि कम ब्याक गरेका बलर ललित भण्डारीले यस खेलमा २ विकेट लिएका थिए ।
यो जितपछि नेपाल पुलिस क्लबले ६ खेलमा अपराजित रहदै १२ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै कर्णालीको भने ७ खेलमा ६ अंक रहेको छ र अंक तालिकामा सातौं स्थानमा रहेको छ ।
















अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
खोटाङमा करेन्ट लागेर र भीरबाट लडेर एकै दिन दुई जनाको मृत्यु
म्याग्दीमा इजाजत नभएका बन्दुक बरामद
मुख्यमन्त्री बानियाँद्वारा भाषा दिवसको शुभकामना
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया