‘अविरल जनसाहित्य यात्रा’मा कवि स्पन्दनका दर्जन रचना प्रस्तुत

काठमाडौँ । राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको ८६औँ ‘अविरल जनसाहित्य यात्रा’को शृङ्खलामा शनिबार कवि जयन्ती स्पन्दनका एक दर्जन कविता प्रस्तुत भएको छ ।
कवि स्पन्दनले ‘ऐँठन’, ‘शैलुङ परिदृश्य’, ‘छोरा, छोरा र छोराहरू नै’, ‘टीकापुर घटना र खण्ड खण्ड त्रासदी’, ‘परिवेश अनिष्टको’, ‘मनभरि कुँदिएको छ खाँदबारी’, ‘जनआह्वान’, ‘महिला समानता एकपटक सबै भन्नुपर्छ’ शीर्षकका कविता वाचन गरेका थिए । सहयोगी कवि डा जया सत्यालले ‘इतिहासको मानवता’ शीर्षकको, रूपक अलङ्कारले ‘आन्दोलन’ शीर्षकको, जयन्ता पोखरेलले ‘मौन सडक र मानिसहरू’ शीर्षकको र प्रशान्त खरेलले ‘उभिएको छ समय तिम्रोअगाडि’ शीर्षकका कविता वाचन गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले सरल तरिकाले गम्भीर भाव कवितामा सम्प्रेषण गर्न सकिँदोरहेछ, कवितामै शालीन व्रिद्रोहका माध्यमबाट रूपान्तरणको सन्देश पनि सम्प्रेषण गर्न सकिँदोरहेछ भन्ने अनुभूति कविता सुनिसकेपछि भएको बताए ।
वाचित कवितामाथि टिप्पणी गर्दै समीक्षक डा रजनी ढकालले स्पन्दनका कवितामा आमा, छोरी हुँदै देश आएको छ र पुस्तान्तरणको कुरा आएको र देश बनाउनेहरू स्वार्थप्रेरित भएकामा कवितामा चिन्ता गरिएको टिप्पणी गरे ।
सङ्घका अध्यक्ष राम विनयले २०७० चैत १४ देखि तत्कालीन राष्ट्रिय जनसाहित्यिक मञ्चका संस्थापक अध्यक्ष डा मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहितय यात्रा’को आज ८६औँ शृङ्खला आइपुगेको जानकारी दिए ।
शृङ्खलाका संयोजक डा हरिप्रसाद सिलवालले प्रगतिशील एवं प्रगतिवादी चेतनाका साथ साहित्य सृजना गर्ने जयन्तीले कविता, वक्तृत्व, एकाङ्की, समालोचना, बालसाहित्यमा निरन्तर कलम चलाइरहेको जनाए ।

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
प्रतिक्रिया