सहकारी ठगी प्रकरण : थप दुई पदाधिकारीविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस

काठमाडौं । सूर्यदर्शन सहकारीका पदाधिकारीले गरेको बचतकर्ताको रकम हिनामिना प्रकरणमा थप दुई जनाविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ ।
अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को महासचिवालयले आइतबार सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको हो । यसअघि शुक्रबार सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी (गितेन्द्रबाबु) राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो।
सूर्यदर्शन सहकारीसँग जोडिएको ठगी सम्बन्धी मुद्दामा डिफ्यूजन नोटिस जारी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय, कास्कीले दुई साताअघि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो ।
एनसीबी काठमाडौंको अनुरोधपछि उनीहरुविरुद्ध डिफ्युन नोटिस जारी भएको हो।
डिफयुजन नोटिस जारी भएसँगै इन्टरपोलका १९६ सदस्य राष्ट्रले उनीहरुको खोजी गर्ने र फेला परेको बेला नेपाल फर्काउने प्रक्रिया सुरु गर्नेछन्। सहकारीको एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको प्रकरणमा जीबी राईसहित १ दर्जन व्यक्ति अझै फरार छन्।
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया