विनोदको शतकमा कर्णालीमाथि आर्मीको फराकिलो जित
मेरोन्यूज
२०८० माघ १४ गते १५:४५

काठमाडौँ। त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशमाथि १६४ रनको फराकिलो जित हासिल गरेको छ ।
टियु मैदानमा आइतबार सम्पन्न खेलमा त्रिभुवन आर्मीले दिएको २८० रनको लक्ष्य पछाएको कर्णाली प्रदेशले २९ ओभरमा अलआउट हुदै ११५ रन मात्र बनाएपछि खेल १६४ रनले हारेको हो ।
यसअघि आर्मीले पहिला ब्याटिंग गर्दै कप्तान विनोद भण्डारीको शतक र बसिर अहमदको ९८ रनको मद्धतले ५० ओभरमा ५ विकेट गुमाउदै २७९ रन बनाएको थियो ।
यो जितपछि आर्मी अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ । आर्मीको ७ खेलमा ५ जितसहित १० अंक हासिल गरेर तेस्रो स्थानमा उक्लिएको हो ।
त्यसैगरी कर्णालीले भने पाँचौं हार बेहोरेको छ । कर्णालीको ८ खेलमा ६ अंक रहेको छ र हाल सातौं स्थानमा रहेको छ ।
सम्बन्धित

















सर्लाही ४ मा अमरेशकुमारले जित्दा हारे गगन
इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया