१९ अर्बको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल
मेरोन्यूज
२०८० माघ १४ गते १९:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले १९ अर्ब १० करोड रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ।
राष्ट्र बैंकले २८ दिने ८ अर्ब १० करोड रुपैयाँ, १८२ दिने ५ अर्ब रुपैयाँ र ३६४ दिने ६ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी क्रमशः २०८१ वैशाख १८ गते, २०८१ साउन १५ गते र २०८१ माघ १५ गते परिपक्व हुनेछन्।
यी ट्रेजरी बिल माघ १६ गते जारी हुनेछ। यसको बोलकबोल भोलि सोमबार माघ १५ गते दिउँसो २ बजे हुनेछ।
ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।
सम्बन्धित
प्रतिक्रिया