चितवनमा १७१ निजी वन व्यवस्थापनमा

चितवन । जिल्लामा दर्ता भएका दुई सय ५९ निजी वन मध्ये एक सय ७१ वटा व्यवस्थापनमा रहेका छन् । डिभिजन वन कार्यालय चितवनले दिएको जानकारी अनुसार विसं २०४५ पुस ११ गतेदेखि हालसम्म दर्ता भएका वन मध्ये एक सय ७१ वन व्यवस्थापनमा रहेका छन् ।
कार्यालयका प्रमुख थिरबहादुर कार्कीका अनुसार कुनै व्यक्ति वा संस्थाले आफ्नो निजी जग्गामा संरक्षण गरी वा नयाँ वृक्षारोपण गरी हुर्काएका बिरुवालाई निजी वन भन्ने गरिन्छ । “यस्ता वनमा निजी वन धनीले आफ्नो इच्छा अनुसार वनको विकास, संरक्षण, व्यवस्थापन गर्न तथा वन पैदावारको उपयोग गर्न मूल्य निर्धारण गरी बिक्री वितरण गर्न सक्नेछन्”, उहाँले भन्नुभयो ।
जिल्लामा दर्ता भएका निजी वनको अनुगमनका क्रममा वन दर्ता गरी बिरुवा रोपणपछि वन व्यवस्थापनको क्रियाकलाप नभएको पाइएको कार्कीले बताए । ती वनमा अनुगमन, निरीक्षण र विस्तृत नापजाँचपछि बोटबिरुवाको लगत कायम गरी अद्यावधिक गर्नुपर्ने उनले जानकारी दिए ।
निजी वनको सम्भाव्यता बढी देखिएको बताउँदै डिभिजन वन कार्यालयका प्रमुख कार्कीले निजी वन प्रवर्द्धनका लागि वन धनीलाई स्थान सुहाउँदो बोटबिरुवा वितरण गरी व्यवसायिक रुपमा विस्तार गर्न सकिने बताए। निजी वन व्यवथापनमा देखिएका चुनौतिहरु समाधान गर्दै अघि बढ्न सके प्रभावकारी व्यवस्थापन हुने उनको भनाइ थियो ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया