चितवनमा १७१ निजी वन व्यवस्थापनमा

चितवन । जिल्लामा दर्ता भएका दुई सय ५९ निजी वन मध्ये एक सय ७१ वटा व्यवस्थापनमा रहेका छन् । डिभिजन वन कार्यालय चितवनले दिएको जानकारी अनुसार विसं २०४५ पुस ११ गतेदेखि हालसम्म दर्ता भएका वन मध्ये एक सय ७१ वन व्यवस्थापनमा रहेका छन् ।
कार्यालयका प्रमुख थिरबहादुर कार्कीका अनुसार कुनै व्यक्ति वा संस्थाले आफ्नो निजी जग्गामा संरक्षण गरी वा नयाँ वृक्षारोपण गरी हुर्काएका बिरुवालाई निजी वन भन्ने गरिन्छ । “यस्ता वनमा निजी वन धनीले आफ्नो इच्छा अनुसार वनको विकास, संरक्षण, व्यवस्थापन गर्न तथा वन पैदावारको उपयोग गर्न मूल्य निर्धारण गरी बिक्री वितरण गर्न सक्नेछन्”, उहाँले भन्नुभयो ।
जिल्लामा दर्ता भएका निजी वनको अनुगमनका क्रममा वन दर्ता गरी बिरुवा रोपणपछि वन व्यवस्थापनको क्रियाकलाप नभएको पाइएको कार्कीले बताए । ती वनमा अनुगमन, निरीक्षण र विस्तृत नापजाँचपछि बोटबिरुवाको लगत कायम गरी अद्यावधिक गर्नुपर्ने उनले जानकारी दिए ।
निजी वनको सम्भाव्यता बढी देखिएको बताउँदै डिभिजन वन कार्यालयका प्रमुख कार्कीले निजी वन प्रवर्द्धनका लागि वन धनीलाई स्थान सुहाउँदो बोटबिरुवा वितरण गरी व्यवसायिक रुपमा विस्तार गर्न सकिने बताए। निजी वन व्यवथापनमा देखिएका चुनौतिहरु समाधान गर्दै अघि बढ्न सके प्रभावकारी व्यवस्थापन हुने उनको भनाइ थियो ।


















वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
अमेरिकाको लुइसियानामा एक व्यक्तिद्वारा आठ बालबालिकाको गोली हानी हत्या
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया