सुदूरपश्चिममाथि एपीएफ ३ विकेटले विजयी
मेरोन्यूज
२०८० माघ १६ गते १३:३०

काठमाडौँ। एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । मंगलबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो ।
सुदूरपश्चिम प्रदेशले दिएको ८८ रनको लक्ष्य पछाएको एपीएफ क्लबले १४.१ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले १६.२ ओभरमा नै अल आउट हुदै ८७ रन बनाएको थियो ।
यो जितपछि एपीएफले ८ खेलमा पाँचौं जित हासिल गरेको छ र १० अंकसहित पाँचौं स्थानमा रहेको छ ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशको भने यो चौथो हार हो । ८ खेलमा ८ अंक हासिल गरेको सुदूरपश्चिम अंक तालिकामा छैटौं स्थानमा रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया