सुदूरपश्चिममाथि एपीएफ ३ विकेटले विजयी
मेरोन्यूज
२०८० माघ १६ गते १३:३०

काठमाडौँ। एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । मंगलबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो ।
सुदूरपश्चिम प्रदेशले दिएको ८८ रनको लक्ष्य पछाएको एपीएफ क्लबले १४.१ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले १६.२ ओभरमा नै अल आउट हुदै ८७ रन बनाएको थियो ।
यो जितपछि एपीएफले ८ खेलमा पाँचौं जित हासिल गरेको छ र १० अंकसहित पाँचौं स्थानमा रहेको छ ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशको भने यो चौथो हार हो । ८ खेलमा ८ अंक हासिल गरेको सुदूरपश्चिम अंक तालिकामा छैटौं स्थानमा रहेको छ ।
सम्बन्धित















नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया