आइतबार, वैशाख २७, २०८३

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

मेरोन्यूज २०८० माघ १६ गते १४:१२

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ ।

Advertisement
NiccNicc

मंगलबार रावलपिंडीको विशेष अदालतले यस्तो घोषणा गरेको हो। उनलाई राज्यको गोप्य कुरा चुहावट गरेको मुद्दामा यो सजाय भएको हो ।

अफिसियल सेक्रेट एक्ट अन्तर्गत स्थापित अदालतले पूर्वप्रधानमन्त्री खानलाई अमेरिकाका लागि पूर्व पाकिस्तानी राजदूतले पठाएको गोप्य केबलको दुरुपयोग गरेकोमा दोषी ठहर गरेको थियो।

तर खानले भने बारम्बार आरोप अस्वीकार गर्दै आएका छन् ।

खान गत वर्ष अगस्टदेखि जेलमा छन्। उनीमाथि विभिन्न मुद्दाहरू चलिरहेका छन् ।

देशको प्रमुख प्रतिपक्षी रहेका खानविरुद्ध आम निर्वाचनको करिब एक साताअघि यस्ताे सजाय आएको हो ।

प्रतिक्रिया