यू–१९ विश्वकपमा आज बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं । आइसीसी यू-१९ क्रिकेट विश्वकप अन्तर्गत आज सुपर सिक्समा नेपालले बंगलादेशको सामना गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल बुधबार दिउँसो १:४५ बजे सुरु हुनेछ।
नेपालले समुह चरणमा टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै समुह डी मा तेस्रो हुदै सुपर सिक्समा पुगेको हो । त्यस्तै बंगलादेशले समुह चरणमा ३ खेलमा २ जित र एक हारसहित समुह ए बाट दोस्रो हुदै सुपर सिक्समा पुगेको हो ।
नेपाल अहिले सुपर सिक्सको समुह १ मा समुह चरणको रनरेटको आधारमा पाँचौं स्थानमा रहेको छ । त्यसैले सेमिफाइनलमा पुग्ने नेपालले सुपर सिक्सका दुवै खेल जित्नै पर्ने अवस्था रहेको छ ।
नेपालले समुह चरणमा न्यूजील्याण्ड र पाकिस्तानसँग हार बेहोरेको नेपालले शुक्रबार अफगानिस्तानलाई एक विकेटले पराजित गरेको थियो ।
आजको खेलपछि नेपालले शुक्रबार भारतविरुद्ध खेल्ने तालिका रहेको छ । सुपर सिक्समा रहेका ६ देशले २-२ खेल खेलेपछि शिर्ष स्थानका दुई देश सेमिफाइनलमा पुग्ने छन् ।
















सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री तिमिल्सिना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
यस्तो छ आज तरकारीको मूल्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया