चिसो मौसममा कस्ता खानेकुरा खान उपयुक्त?

देशैभर जाडो बढ्दै गइरहेको छ । अहिले चिसोका कारण काठमाडौंवासी मात्रै होइन, तराईदेखि हिमाल र पहाड सबैतिरका वासिन्दाहरुको जीवनयापन कष्टकर बन्दै गएको छ ।
यो समयमा विशेष गरेर वृद्धवृद्धा तथा बालबलिकाहरुलाई विशेष खानपानमा ध्यान पुर्याउनुपर्छ । जाडो मौसममा शरीरलाई न्यानो बनाउन धेरै प्रकारका तातो परिकारहरु सेवन गर्नुपर्छ ।
जाडोको समयमा खानामा लापरबाही गर्नुहुँदैन । जाडो मौसम सुरु भएलगत्तै रुघा, खोकी, ज्वरोजस्ता रोगहरूले सताउने गर्दछ । जाडो मौसममा आफूलाई न्यानो राखिराख्न मानिसहरु तातो–तातो चिया पिउने गर्दछन् तर यदि तपाईंले आफ्नो प्रतिरक्षा प्रणालीलाई बलियो नराखेको खण्डमा यसले तपाईंलाई निकै समस्यामा पार्न सक्छ । यो समयमा जति न्यानो कपडा लगाउन सकिन्छ त्यति नै फाईदाजनक हुन्छ ।
जाडो महिनामा लाग्ने रोगबाट बच्नका लागि तपाईंले अदुवा, लसुन, च्याउ, चिया, दही, माछा र गाजरजस्ता खानेकुरा सेवन गर्नू भयाे भने तपाईंको शरीरलाई तातो राख्नुका साथै शरीरलाई अन्य रोगहरुबाट लड्न सहायता मिल्ने गर्दछ ।
त्यसैले जाडोमा कस्ता खानेकुरा खाने र कस्ता नखाने भन्ने ज्ञान हुन पनि जरुरी छ । न्यानोपन प्रदान गर्न, आफूलाई रुघाखोकीबाट मुक्त राख्न जाडाे माैसममा बजारमा विभिन्न परिकारका खानेकुरा उपलब्ध छन् । जसको सही उपयोग गरे स्वस्थ रहन सकिन्छ ।
१. च्याउः च्याउले तपाईंको इम्युन सिस्टमलाई बढाउने गर्दछ । यसमा पाइने बिटा ग्लुकनले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने कार्य गर्दछ ।
२. आलसः जाडोमा शरीरलाई तातो बनाइराख्न आलसको सेवनलाई प्रभावकारी मानिन्छ । आलसलाई भुटेर पाउडर बनाई बिहान–बेलुकी दूध वा पानीसँग सेवन गर्दा यसले दिमागलाई प्रभावकारी ढंगले काम गर्न मद्दत गर्छ भने शरीरलाई न्यानो बनाइराख्छ । आलसमा ‘ओमेगा थ्री, फ्याट्टी एसिड’ जस्ता पौष्टिक पदार्थ पाइन्छ ।
३. लसुनः चिसो भगाउनका लागि लसुनलाई निकै राम्रो मानिन्छ । यसले कुनैपनि रोगको संक्रमण हुनबाट बचाउँछ भने भाइरससँग पनि लड्न सहयोग गर्दछ ।
४. गाजरः चिसो मौसममा शरीरलाई स्वस्थ राख्न गाजरलाई पनि नियमित आहारमा समावेश गर्नु उपयुक्त हुन्छ । यसले शरीरमा जन्मने भाइरसलाई नष्ट गर्ने गर्दछ ।
५. अदुवाः अदुवाले चिसो मौसममा पुर्याउने फाइदाको बारेमा हामी सबै जानकार छौँ त्यसकारण अदुवा हालेको चिया अवश्य पिउनुहोस् ।
६. झोलिला खानेकुराः जाडोमा तापक्रम सन्तुलनमा राख्न र आन्तरिक मेटाबोलिजम बढाउन पनि तातो झोलिला खानेकुरा सेवन गर्नु फाइदाजनक रहन्छ ।
७. मरिचः चिसो मौसममा रुघा, खोकी र ज्वरोसँग लड्नका लागि तपाईंले आफ्नो खानामा कालो मरिच समावेश गर्न आवश्यक छ ।
८. सागपातः जाडो मौसममा शरीरका लागी हरियो सागपात सबैभन्दा उत्तम भोजन हो । सागमा फाइबर, फलिक एसिड, भिटामिन सी, पोटासियम, म्याग्नेसियमका साथै अन्य पोषक तत्व पर्याप्त पाइन्छ । ज्वानो–मेथी लगायत सुप प्रयोग गरिएका झोलयुक्त पदार्थ जाडो मौसममा खानु उत्तम हुन्छ ।
९. दुध तथा अण्डाः अण्डा वा दूधको नियमित सेवनले हाड मजबुत हुनुका साथै शरीरमा तापक्रम बढाउने काम गर्दछ । यसले शरीरमा अत्यधिक तातोपना बढाई चिसोबाट बचाउँछ ।
१०. चिकन सुपः चिसो हावाबाट बच्नका लागि चिकन सुपलाई निकै राम्रो मानिन्छ । ठूलो कचौरा एक कचौरा चिकन सुप पिउनाले पेट पनि भरिन्छ र तपाईंलाई चिसो र ज्वरोबाट बचाउँछ ।
११. घिउबाट बनेका परिकारहरुः जाडो याममा सेवन गर्न सकिने खानेकुरामध्ये घिउ पनि एक हो । विशेष गरी घिउबाट बनाइएका परिकारहरु जस्तै हलुवा, घिउबाट बनाइएका लड्डू आदि । घिउलाई बिहान दूधसँग सेवन गर्दा शरीरलाई तुरुन्तै गर्मी र ऊर्जा दिन्छ ।
१२. बेसारः बेसारको सेवनले शरीरलाई तातो बनाइराख्न सहयोग पु-याउँछ । जसले गर्दा जाडोयाममा अन्य अवस्थामा भन्दा बढी बेसार खाँदा शरीरलाई फाइदा हुने बताइएको छ । बेसार आफैमा प्रभावकारी रोगप्रतिरोध क्षमता प्रवद्र्धक पदार्थ हो ।
जाडाेकाे समयमा यस्ता खानेकुराहरुले हाम्राे शरिरलाइ न्यानाे राख्नुका साथै राेग लाग्नबाट बचाउने गर्दछ ।
प्रतिक्रिया