आइतबार, जेठ ४, २०८२

साझा यातायातको प्रमुख कार्यकारीका लागि आवेदन परेन, पुन: दरखास्त आह्वान 

मेरोन्यूज २०८० माघ १७ गते ९:१९

काठमाडौं । साझा यातायातले प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ । रिक्त उक्त पदपूर्तिका लागि साझाले आवेदन मागेको हो । 

साझा यातायातले गत मंसिर २५ गते गोरखापत्रमा सूचना प्रकाशित गर्दै प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको थियो।  तर उक्त विज्ञापनअनुसार एउटा पनि आवेदन नपरेको साझा यातायातले पुन: विज्ञापन गरेको छ।

१५ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 

प्रतिक्रिया