श्रीलङ्काको मुद्रास्फीति दर बढेर ६.४ प्रतिशत पुग्यो
काठमाडौँ । श्रीलङ्काको मुद्रास्फीति जनवरीमा बढेर छ दशमलव चार प्रतिशत पुगेको छ । सन् २०२३ को डिसेम्बरमा मुद्रास्फीति चार प्रतिशत रहेको जनगणना तथा तथ्याङ्क विभाग डिसिएसले बुधबार जनाएको छ ।
खाद्य मुद्रास्फीति डिसेम्बर २०२३ मा शून्य दशमलव तीन प्रतिशतबाट जनवरी महिनामा तीन दशमलव तीन प्रतिशतमा बढेको डिसिएसले आफ्नो पछिल्लो विज्ञप्ति सार्वजनिक गरेको हो ।
गैर–खाद्य समूहको मुद्रास्फीति पनि डिसेम्बरमा पाँच दशमलव आठ प्रतिशतबाट बढेर जनवरीमा सात दशमलव नौ प्रतिशत पुगेको छ ।
डिसिएसका अनुसार मुख्यतया आवास, पानी, बिजुली, ग्यास, शिक्षा, कपडा, मादक पेय पदार्थ, सुर्तीजन्य र लागुऔषध, मनोरञ्जन र संस्कृति, विविध वस्तु र सेवाहरू र स्वास्थ्यका कारण मुद्रास्फीति बढेको हो ।
सन् २०२२ सेप्टेम्बरदेखि श्रीलङ्काको मुद्रास्फीति लगातार घट्दै गएको छ । उक्त समयमा मुद्रास्फीति ६९ दशमलव आठ प्रतिशत थियो । जनवरी महिनाको सुरुमा केन्द्रीय बैङ्कका गभर्नर नन्दलाल विरासिङ्गेले मूल्य अभिवृद्धि करमा वृद्धि र आपूर्ति पक्ष समस्याहरूका कारण तरकारीको मूल्य बढेको भन्दै जनवरीमा श्रीलङ्काको मुद्रास्फीति करिब सात प्रतिशतले बढ्नसक्ने बताएका थिए ।










झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई
प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा उत्रिए बासिन्दा
क्रिकेटः नेपालद्वारा भारत ९२ रनले पराजित
बागलुङमा पिकअप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो
कांग्रस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मधेश प्रदेशका सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा दले कालो मोसो
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
प्रतिक्रिया