भारत भ्रमणमा रहेको संसदीय प्रतिनिधिमण्डल र भारतीय विदेशमन्त्री भेट
मेरोन्यूज
२०८० माघ १९ गते १८:४०

काठमाडौँ । भारत भ्रमणमा रहेको नेपाली सांसदहरुको प्रतिनिधिमण्डलले आज राजधानी नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा रहेको सो प्रतिनिधिमण्डलले विदेशमन्त्री जयशङ्करसँग भेटवार्ता गरेको नेपालस्थित भारतीय राजदूताबासले जनाएको छ ।
सो भेटमा दुई देशको सम्बन्ध, पारस्परिक सहयोग र हितका विविध विषयमा महत्वपूर्ण कुराकानी भएको विदेशमन्त्री एस जयशङ्करले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।
भारतको लोकसभाको निमन्त्रणामा सभापति यादव नेतृत्वको सो संसदीय प्रतिनिधिमण्डल यही माघ १६ गते भारतको राजधानी नयाँ दिल्ली पुगेको थियो ।
सम्बन्धित
















नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
धनुषामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
नेपाल ‘ए’ द्वारा अमेरिका पराजित
रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया