शुक्रबार, जेठ २, २०८२

एमाले धादिङ अधिवेशन

अधिवेशन स्थगित गरेर नेताहरूलाई ओलीले बाेलाए काठमाडौं

मेरोन्यूज २०८० माघ २१ गते १७:०३

काठमाडौं । जिल्ला अधिवेशनको विवाद बढेर गएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङका पार्टी नेताहरुलाई काठमाडौं बोलाएका छन् ।

ओलीले एमाले धादिङ जिल्ला कमिटी अध्यक्ष मण्डलसहितका नेतालाई काठमाडौं बोलाएका हुन्।

अध्यक्ष ओलीले नेताहरुलाई काठमाडौं बोलाएपछि भोलि बिहान ८ बजे सुरु हुनेगरी जिल्ला अधिवेशन स्थगित भएको सूचना जारी गरिएको छ ।

ओलीले प्रदेश इन्चार्ज गुरु बराल, वाग्मती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, धादिङ अधिवेशनका अध्यक्षमण्डलका अध्यक्ष धर्मदत्त देवकोटा, जिल्ला अध्यक्ष भूमि त्रिपाठीलगायत नेतालाई छलफलका निम्ति बोलाएका हुन् ।

यही माघ १९ गते महासचिव शंकर पोखरेलले उद्घाटन गरेको अधिवेशनमा प्रतिनिधि छनोट र अध्यक्षमण्डलका विषयमा विवाद भएको थियो । महाधिवेशनमा कुटपिटको अवस्था सिर्जना भएपछि प्रदेश अध्यक्ष ढुंगेलले अधिवेशन स्थगित गरेका थिए । जिल्ला अध्यक्ष त्रिपाठीले भने बन्दसत्र अघि बढाउने तयारी गरेका थिए । तर, अन्योलपछि बैठक स्थगित गरिएको नेताहरूले बताएका छन् ।

प्रतिक्रिया