एमाले धादिङ अधिवेशन
अधिवेशन स्थगित गरेर नेताहरूलाई ओलीले बाेलाए काठमाडौं

काठमाडौं । जिल्ला अधिवेशनको विवाद बढेर गएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङका पार्टी नेताहरुलाई काठमाडौं बोलाएका छन् ।
ओलीले एमाले धादिङ जिल्ला कमिटी अध्यक्ष मण्डलसहितका नेतालाई काठमाडौं बोलाएका हुन्।
अध्यक्ष ओलीले नेताहरुलाई काठमाडौं बोलाएपछि भोलि बिहान ८ बजे सुरु हुनेगरी जिल्ला अधिवेशन स्थगित भएको सूचना जारी गरिएको छ ।
ओलीले प्रदेश इन्चार्ज गुरु बराल, वाग्मती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, धादिङ अधिवेशनका अध्यक्षमण्डलका अध्यक्ष धर्मदत्त देवकोटा, जिल्ला अध्यक्ष भूमि त्रिपाठीलगायत नेतालाई छलफलका निम्ति बोलाएका हुन् ।
यही माघ १९ गते महासचिव शंकर पोखरेलले उद्घाटन गरेको अधिवेशनमा प्रतिनिधि छनोट र अध्यक्षमण्डलका विषयमा विवाद भएको थियो । महाधिवेशनमा कुटपिटको अवस्था सिर्जना भएपछि प्रदेश अध्यक्ष ढुंगेलले अधिवेशन स्थगित गरेका थिए । जिल्ला अध्यक्ष त्रिपाठीले भने बन्दसत्र अघि बढाउने तयारी गरेका थिए । तर, अन्योलपछि बैठक स्थगित गरिएको नेताहरूले बताएका छन् ।

















काठमाडौँका यी विभिन्न स्थानमा आज बिजुली कटौती हुने
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
सुनचाँदीको मूल्य घट्यो, आजकाे कारोबारकाे मूल्य कति ?
प्रतिक्रिया