यस्तो छ तपाईंको आजकाे राशिफल

आज मिति २०८० साल माघ २२ गते सोमवार ।माघ कृष्ण दशमी।पञ्चाङ्ग: ध्रुव विष्टि/भद्रा अनुराधा। फ्रेवुअरी ५ तारिख २०२४
यस्तो छ आज तपाईंको राशिफल :-
मेष: शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनुहोला तर मान्यजनको आशीर्वादले काम गर्नेछ। आज सरकारी निकायको भय रहला ।
वृष: शुभ समाचार सुन्न पाइएला। पुराना साथीभाइ र सहयोगीहरूसँग अप्रत्याशित भेटघाट हुनसक्छ। कुटुम्बबाट विशेष सहयोग मिल्नेछ। जोसजाँगर र हिम्मत बढ्नेछ। शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ।
मिथुन: पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग छ। प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। दाम्पत्य र प्रेम जीवन सुखमय नै हुनेछ। अतिथिको रूपमा सत्कार पाइएला। सेयर बजारमा फाइदा हुनेछ।
कर्कट: सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
सिंह: बन्न लागेको काम बिग्रन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ। प्रेममा मनमुटावका साथै मन कमजोर रहला। आर्थिक समस्याले सताउन सक्छ तर साँझमा भने धन हात पर्न सक्छ।
कन्या: पुराना साथीभाइ र सहयोगीसँग अप्रत्याशित भेटघाट हुन सक्छ। पदोन्नतिको सम्भावना प्रबल छ। सेयर बजारको लगानीबाट सफलता मिल्नेछ। मनोरञ्जक तरिकाले दिन बित्ने देखिन्छ। वैदेशिक कार्य पनि अघि बढ्ला।
तुला: शैक्षिक क्षेत्रमा सफलता मिल्ने र पठनपाठनमा प्रगति हुनेछ। धर्म-कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। पुँजी बजारले पनि साथ दिनेछ तर साँझमा कुनै कुराले चिन्ता बढेको महसुस हुनेछ।
वृश्चिक: पुरानो साथीसँग भेट हुने सम्भावना छ। लामो समयदेखि रोकिएका अधुरा काम विस्तारै अघि बढ्न सक्छन्। नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने र रमाउने समय छ।
धनु: लाभहानि, सुखदुःख बराबरी खालको दिन छ। प्रेममा मनमुटावका साथै मन कमजोर रहला। गरेका काममा ढिलासुस्ती हुनेछ। आर्थिक क्षेत्रमा सङ्कट आउला। साँझमा आफन्तको साथ-सहयोग मिल्नेछ।
मकर: रोकिएका अधुरा कार्य पूरा हुनेछन्। कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अकस्मात् धन सम्पत्ति हात पर्न सक्छ। पुँजी बजारमा लगानीको अवसर छ।
कुम्भ: पारिवारिक जीवन र प्रणय सम्बन्ध गाढा हुँदै जानेछ। मनोरञ्जनमा सहभागी भइएला। कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। सेयर बजारमा लगानीको अवसर मिल्नेछ। सुखद् यात्राका अवसर प्राप्त हुनेछन्।
मीन: प्रेम र दाम्पत्य जीवनमा नयाँ आयाम थपिनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। दिनको उत्तरार्धमा भने रिसराग नियन्त्रण गर्न जरूरी छ।
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया