सोमबार, वैशाख २९, २०८२

यस्तो छ तपाईंको आजकाे राशिफल

मेरोन्यूज २०८० माघ २२ गते ७:१९

आज मिति २०८० साल माघ २२ गते सोमवार ।माघ कृष्ण दशमी।पञ्चाङ्ग: ध्रुव विष्टि/भद्रा अनुराधा। फ्रेवुअरी ५ तारिख २०२४    

यस्तो छ आज तपाईंको राशिफल :-

मेष: शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनुहोला तर मान्यजनको आशीर्वादले काम गर्नेछ। आज सरकारी निकायको भय रहला ।

वृष: शुभ समाचार सुन्न पाइएला। पुराना साथीभाइ र सहयोगीहरूसँग अप्रत्याशित भेटघाट हुनसक्छ। कुटुम्बबाट विशेष सहयोग मिल्नेछ। जोसजाँगर र हिम्मत बढ्नेछ। शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ।

मिथुन: पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग छ। प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। दाम्पत्य र प्रेम जीवन सुखमय नै हुनेछ। अतिथिको रूपमा सत्कार पाइएला। सेयर बजारमा फाइदा हुनेछ।

कर्कट: सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

सिंह: बन्न लागेको काम बिग्रन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ। प्रेममा मनमुटावका साथै मन कमजोर रहला। आर्थिक समस्याले सताउन सक्छ तर साँझमा भने धन हात पर्न सक्छ।

कन्या: पुराना साथीभाइ र सहयोगीसँग अप्रत्याशित भेटघाट हुन सक्छ। पदोन्नतिको सम्भावना प्रबल छ। सेयर बजारको लगानीबाट सफलता मिल्नेछ। मनोरञ्जक तरिकाले दिन बित्ने देखिन्छ। वैदेशिक कार्य पनि अघि बढ्ला।

तुला: शैक्षिक क्षेत्रमा सफलता मिल्ने र पठनपाठनमा प्रगति हुनेछ। धर्म-कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। पुँजी बजारले पनि साथ दिनेछ तर साँझमा कुनै कुराले चिन्ता बढेको महसुस हुनेछ।

वृश्चिक: पुरानो साथीसँग भेट हुने सम्भावना छ। लामो समयदेखि रोकिएका अधुरा काम विस्तारै अघि बढ्न सक्छन्। नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने र रमाउने समय छ।

धनु: लाभहानि, सुखदुःख बराबरी खालको दिन छ। प्रेममा मनमुटावका साथै मन कमजोर रहला। गरेका काममा ढिलासुस्ती हुनेछ। आर्थिक क्षेत्रमा सङ्कट आउला। साँझमा आफन्तको साथ-सहयोग मिल्नेछ।

मकर: रोकिएका अधुरा कार्य पूरा हुनेछन्। कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अकस्मात् धन सम्पत्ति हात पर्न सक्छ। पुँजी बजारमा लगानीको अवसर छ।

कुम्भ: पारिवारिक जीवन र प्रणय सम्बन्ध गाढा हुँदै जानेछ। मनोरञ्जनमा सहभागी भइएला। कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। सेयर बजारमा लगानीको अवसर मिल्नेछ। सुखद् यात्राका अवसर प्राप्त हुनेछन्।

मीन: प्रेम र दाम्पत्य जीवनमा नयाँ आयाम थपिनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। दिनको उत्तरार्धमा भने रिसराग नियन्त्रण गर्न जरूरी छ।

प्रतिक्रिया