शनिबार, वैशाख २६, २०८३

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ऋणपत्र निष्कासन गर्दै

मेरोन्यूज २०८० माघ २२ गते ८:५८

काठमाडौं माघ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र फागुन १ गतेदेखि निष्कासन गर्ने भइको हो। बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख ४० हजार इकाई ऋणपत्र जारी गर्ने जनाएको हो। 

Advertisement
NiccNicc

यसमध्ये बैंकले आफ्नै पहलमा १६ लाख १६ हजार इकाई अन्य संघसंस्थालाई बिक्री गर्ने भएको हो। सर्वसाधारणका लागि बाँकी २४ लाख २४ हजार इकाई खुला हुने बैंकले जनाएको छ। यसमध्ये सामूहिक लगानी कोषहरुका लागि ५ प्रतिशत अर्थात ८० हजार ८०० कित्ता ऋणपत्र छुट्याइएको छ। 

नेपाल इन्भेष्टमेन्ट मेगाले १० वर्ष अवधिको (१० प्रतिशत एनआइएमबी डिबेन्चर २०९०) जारी गर्न लागेको हो। यसैगरी बिक्री प्रबन्धक प्रभु क्यापिटलले वार्षिक १० प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ। 

यस ऋणपत्रमा फागुन ४ गतेसम्म आवेदन दिन पाइनेछ भने उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा फागुन १५ गतेसम्म खुला रहने बैकले जनाएको छ। यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ। यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ।
 

प्रतिक्रिया