नेसनल लाइफ इन्स्याेरेन्सले कमायाे नाफा

काठमाडौं । नेसनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनीक गरेको छ ।
कम्पनीले उक्त छ महिनामा २५ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १६.९१ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले अघिल्लो वर्ष २१ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो । लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सुधार आएको हो ।
कम्पनीले लगानी तथा कर्जाबाट २ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको भन्दा १४.२२ प्रतिशतले धेरै हो । गत वर्ष यसले २ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
यसको कुल दावी भुक्तानी ३ अर्ब ७२ करोड ४८ लाख रुपैयाँ रहेको छ । गत वर्ष ३ अर्ब ७६ करोड थियो । हाल यस इन्स्याेरेन्सको चुक्ता पुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार रुपैयाँ रहेको छ । यसको रिटेन अर्निङमा ६० करोड १८ लाख छ ।
यसको जीवन बिमा कोषमा ७१ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । पुससम्म यसले ८ अर्ब ३९ करोड रुपैयाँ बराबरको खुद बिमा शुल्क कमाएको हो। यो गत वर्षको भन्दा ११.४५ प्रतिशतले धेरै हो । गत वर्ष यसले ७ अर्ब ५३ करोड रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको प्रतिशेयर आम्दानी १०.१८ रुपैयाँ र प्रति शेयर नेटवर्थ १३२.२१ रुपैयाँ रहेको छ । कम्पनीको पिई रेसियो ५९.२२ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य १६१०.१५ रुपैयाँ रहेको छ ।

















कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
चोरीका मोटरसाइकलको पार्टपुर्जासहित तीन जना पक्राउ
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया