शुक्रबार, फागुन ८, २०८२

एमाले धादिङ अधिवेशनको बन्दसत्र फागुन १ गतेबाट

मेरोन्यूज २०८० माघ २३ गते १६:३५

काठमाडौँ । नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशनको बन्दसत्र फागुन १ गतेबाट सुरू हुने भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले आइतबारदेखि अवरूद्ध भएको बन्दसत्र फागुन १ गते बिहान ११ बजेबाट सुरू गर्ने जानकारी दिएका छन्।

‘एमाले धादिङको नवौं जिल्ला अधिवेशनको २०८० माघ २१ गते देखि सुरू भएको बन्द सत्र आन्तरिक तयारी गर्नुपर्ने भएकोले रोकिँदै आएकोमा २०८० माघ २३ गते एमाले केन्द्रीय संगठन विभागको अधिवेशन स्थगित कारबाही सुरू गर्नेबारे प्राप्त पत्रका आधारमा आगामी फागुन १ गते ११ बजेबाट बन्दसत्र सुरू हुने जानकारी गराउँछु,’ देवकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। प्रतिनिधि मनोनयन र अध्यक्ष मण्डल बनाउँदा नै विवाद भएपछि अधिवेशन आइतबारदेखि अवरूद्ध छ।

विवाद भएर हात हालाहालको अवस्था सिर्जना भएपछि अध्यक्ष केपी शर्माओलीले बागमती प्रदेश इन्चार्ज गुरू बराज, प्रदेश अध्यक्ष कैलाश ढुंगेल, अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटा सहितका नेतालाई बालकोट बोलाएका थिए।

आइतबार राति एक बजेसम्म भएको छलफलमा अधिवेशनमा देखिएको विवाद समाधान गर्न संगठन विभागले दुई जना प्रतिनिधि खटाउने सहमति भएको थियो भने बन्दसत्र मंगलबारबाट सुरू गर्ने समझदारी भएको थियो।

अध्यक्ष ओली निवास बालेकाटमा भएको छलफलअनुसार सोमबार संगठन विभागले जिल्ला कमिटीको माइन्युट, प्रतिनिधि छनोटका कागजात झिकाएर अध्ययन थालेको थियो।

एमाले धादिङमा अध्यक्ष ओलीनिकट दुई गुटको लडाइँ छ। अध्यक्षमा मौजुदा अध्यक्ष त्रिपाठी र रामकुमार अधिकारी आकांक्षी छन्। दुवै जनाले समूह बनाएर प्रतिस्पर्धाको तयारी गरेपछि पाँच प्रतिशत प्रतिनिधि मनोनीतको विषय विवादको रूपमा देखा परेको थियो।

प्रतिक्रिया