लागूऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ
मेरोन्यूज
२०८० माघ २३ गते २१:४५

पोखरा । कास्की प्रहरीले लागूऔषध मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा–२० घर भई हाल दीप बस्ने २६ वर्षीय ऋतिक परियार रहेका छन्।
परियारलाई मंगलबार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए।
जिल्ला अदालत कास्कीले असोज १५ गते उनलाई लागूऔषध मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो। फैसला लगत्तै उनी फरार रहेका थिए।
उनलाई जिल्ला अदालत कास्की उपस्थित गराई सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
सम्बन्धित
















रूस युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा
पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
वीरगन्ज भन्सारमा जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
हुनानमा पटाखा कारखाना विस्फोट, २१ जनाको मृत्यु
होर्मुजमा तनाव बढ्दा अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा व्यापक वृद्धि
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया