नेता नेम्बाङको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौँ । नेकपा (एमाले) का सांसद वसन्तकुमार नेम्बाङको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको छ ।
ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उनका स्वकीय सचिव गणेश योङहाले जानकारी दिए ।
“उहाँ बोल्न खोजे पनि प्रस्ष्टसँग बोल्न सक्नुभएको छैन । उहाँले बोलेका कुनै शब्द मात्र बुझिन्छ”, योङहाले भने, “सांसद नेम्बाङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।”
अस्पतालमा सांसद नेम्बाङको फिजियोथेरापी नियमित भइरहेको छ । डा गोपालरमण शर्माको नेतृत्वमा डा बाबुराम पोखरेल, डा प्रसन्ना कार्कीलगायतका चिकित्सकको समूहले उनको उपचार गरिरहेको छ ।
नेकपा (एमाले)का केन्द्रीय सदस्यसमेत रहेका नेम्बाङ पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । यही माघ १७ गते ताप्लेजुङ गएकाबेला उनलाई ‘ब्रेन स्ट्रोक’ भएपछि सोही दिन उपचारका लागि काठमाडौँ ल्याइएको थियो ।
















‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’
अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
सुनको भाउमा लगातार कीर्तिमान, तोलाको कति पुग्यो ?
प्रतिक्रिया