तपाईंकाे दिन कस्ताे हुनेछ ? हेर्नुहाेस् आजकाे राशिफल

आज मिति २०८० साल माघ २४ गते बुधवार ।माघ कृष्ण द्वादशी ।पञ्चाङ्ग: वज्र तैतल पूर्वाषाढा। फ्रेबुअरी ७ तारिख २०२४
यस्ताे छ तपाईंकाे आज काे राशिफल :-
मेष: मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । विशेष यात्रा पनि हुनसक्छ ।
वृष: लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ, साथै प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । लाभदायक यात्रा पनि हुनसक्छ ।
मिथुन: आज बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।
कर्कट: आज कुनै कुराले मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धर्म र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।
सिंह: मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । वस्त्र लाभ पनि हुनसक्छ ।
कन्या: आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको लागि दौडधुप गर्नु पर्नेछ । चोटपटक पनि लाग्न सक्छ, तर आफन्तले सहयोग गर्नेछन् ।
तुला: आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । वैदेशिक क्षेत्रका अधुरा कार्यबाट सफलता मिल्नेछ । आफ्नो शेयर बजारको क्षेत्रमा सफलता मिल्नेछ ।
वृश्चिक: आज शुभकार्यमा सहभागिता जनाइने छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । पुँजी बजारमा सफलता मिल्ने र आर्थिक क्षेत्र राम्रै होला ।
धनु: आज छोटो दुरीको लाभदायक यात्रा हुनेछ । राज्यबाट मान सम्मान मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । वाहन सुख पनि मिल्नेछ ।
मकर: लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानेछ । झैझमेलाको अवस्था पनि आउला ।
कुंभ: शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेमको बन्धन कसिने बेला छ । मुद्दा मामिलामा सफलता मिल्नेछ ।
मीन: धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ ।
















दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
Jumla temperature drops to minus 0.71 degree Celsius, affects life
म्याग्दीका किसान माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
Women’s T20 World Cup Global Qualifier: Nepal out of Group Stage
सानिमा बैंकका नवनियुक्त सीईओ आचार्यले गरे पदभार ग्रहण
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया