मोटरसाइकल दुर्घटना हुँदा वडा कार्यालयका कर्मचारीको मृत्यु
मेरोन्यूज
२०८० माघ २४ गते १२:४०

विराटनगर । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका वडा नम्बर ३ का कर्मचारी ३२ वर्षीय मनोजकुमार विश्वास रहेका छन्।
ग्रामथान गाउँपालिका-२ सुखानी खोला छेउस्थित सडकमा को २३प ४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा कटहरी गाउँपालिका-७ का विश्वासको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
सम्बन्धित
प्रतिक्रिया