पाँच लाख घुससहित पक्राउ परेका वडाध्यक्ष कार्की विरुद्ध मुद्दा दायर
मेरोन्यूज
२०८० माघ २४ गते १६:३५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख घुस सहित पक्राउ परेका बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ का वडाध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उपमहानगरपालिका वडा नम्बर तीनका वडा अध्यक्ष कार्कीले घरबाटो सिफारिस गरि भन्दै सेवाग्राहीसँग घुस लिएको सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा वडाध्यक्ष कार्कीले घरबाटो सिफारिस गर्ने भन्दै सेवाग्राहीसँग घुस माग गरी लिएको पुष्टी भएपछि उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० बमोजिमको कसुरमा बुधबार बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।
सम्बन्धित

















राष्ट्रिय हक्की सोमबारदेखि
भयरहित वातावरणमा निर्वाचन गर्न सरकारका तर्फबाट कुनै कमी हुँदैन: गृहमन्त्री
राष्ट्रियसभामा मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
Deaths in Iran’s crackdown on protests reach more than 7,000, activists say
मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन: कावा प्रमुख निर्वाचन आयुक्त भण्डारी
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्रतिक्रिया