नेपाली सेनाको अगुवाइमा ‘अभ्यास हातेमालो’को छैटौँ संस्करण सुरु

काठमाडौँ । नेपाली सेनाको अगुवाइमा विपद् व्यवस्थापनलाई व्यवस्थित तथा प्रभावकारी बनाउन यससँग सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकायको सहभागितामा तीनदिने एकीकृत अभ्यास ‘अभ्यास हातेमालो’को छैटौँ संस्करण आजदेखि सुरु भएको छ ।
जङ्गी अड्डामा उक्त अभ्यासको उद्घाटन गर्दै बलाधिकृत रथी अशोकराज सिग्देलले विपद् प्रतिकार्य तथा न्यूनीकरणमा सरोकारवाला निकायबीच एकीकृत एवं समन्वयात्मक रूपमा काम गर्न अभ्यास उपयोगी हुने विश्वास व्यक्त गरे ।
उनले अभ्यास हातेमालोले विपद् प्रतिकार्यसँग सम्बद्ध निकायबीचको एकता र व्यावसायिक क्षमता अभिवृद्धि गर्न टेवा पुग्नुको साथै विपद् प्रतिकार्य क्षमतालाई सशक्त तुल्याउन मद्दत पुग्ने बताए ।
राष्ट्रियस्तरमा विपद् व्यवस्थापनका क्षेत्रमा भइरहेका गतिविधिको समीक्षा, प्रतिकार्य क्षमता अभिवृद्धि र सरोकारवाला निकायबीच समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले २०७५ सालदेखि अभ्यास हातेमालो सञ्चालन हुँदै आइरहेको छ ।
त्यस अवसरमा नेपाली सेनाका वरिष्ठ अधिकारी, विभिन्न मन्त्रालयलगायत सरकारी निकायका प्रतिनिधि, संयुक्त राष्ट्रसङ्घीय निकाय, नेपाल रेडक्रस सोसाइटीलगायत गैरसरकारी संस्थाका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सहभागी थिए ।

















एक थान पेस्तोल र ४ राउन्ड गोलीसहित एक जना पक्राउ
भौतिक मन्त्रीद्वारा बुटवल–नारायणघाट खण्डअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षण
PM Karki takes stock of electoral preparations in Taplejung
फ्रान्स र स्पेनमा आँधी र वर्षाका कारण जनजीवन प्रभावित
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
प्रतिक्रिया