इरानलाई हराउदै कतार एशियन कपको फाइनलमा
मेरोन्यूज
२०८० माघ २५ गते ८:०६

काठमाडौं । आयोजक कतार एशियन कपको फाइनलमा पुगेको छ । बुधबार राति सम्पन्न सेमिफाइनल खेलमा इरानलाई ३-२ गोल अन्तरले पराजित गर्दै कतार फाइनलमा पुगेको हो ।
कतारको जितमा जासेम गबेर अब्दुल्सल्लाम, आक्रान अफिफ र अल्मोएज अलिले एक एक गोल गरेका थिए ।
त्यसैगरी इरानका लागि सरदार अजमोउन र् अलिरेजा जहाँबख्शले एक एक गोल गरेका थिए । यस खेलमा खेलको ९०औ मिनेटमा इरानका शोजाए खालीलजादेहले रातो कार्ड पाएका थिए ।
एशियन कपको डिफेन्डिङ च्याम्पियन समेत रहेको कतारले अब फाइनलमा जोर्डनसँग शनिबार खेल्ने छ । योसँगै तीन पटक एशियन कपको विजेता इरान प्रतियोगिताबाट बाहिरिएको छ ।
यस अघि जोर्डनले दक्षिण कोरियालाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।
सम्बन्धित
















Martyr Day being observed nationwide with various programmes
President urges everyone to dedicate for translating martyrs’ dreams
Martyrs’ courage pushes country towards change: PM Karki
खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया