क्यानडाविरुद्ध अर्धशतक बनाएका कुशल आउट, नेपालको १०० रन पूरा
मेरोन्यूज
२०८० माघ २५ गते ११:०४

काठमाडौं । एकदिवसीय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले ओपनर कुशल भुर्तेललाई तेस्रो विकेटको रुपमा गुमाएको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले भुर्तेललाई १८.३ ओभरमा गुमाएको हो । क्यानडाविरुद्ध अर्धशतक बनाएका भुर्तेलले नेपाली टिमको खातामा ६२ रन थपे ।
जारी खेलको १९ ओभर समाप्त हुँदा नेपालले तीन विकेट गुमाएर १०० रन बनाएको छ ।
नेपालबाट हाल क्रिजमा रहेको भीम सार्की १४ र कुशल मल्ल एक रनमा खेलिरहेका छन् । त्यसअघि नेपालले आसिफ सेख र कप्तान रोहितकुमार पौडेललाई व्यक्तिगत समान आठ रनमा गुमाएको थियो ।
यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । आजको खेलपछि नेपालले शनिबार शृंखलाको दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछ ।
सम्बन्धित
















आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया