लगानी सम्मेलनलाई भव्य बनाउन सबैको प्रयास जरुरी : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी वैशाखमा सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई भव्य बनाउन सबैको प्रयास जरुरी रहेको बताएका छन् ।
आज अर्थ मन्त्रालयमा बसेको तेस्रो लगानी सम्मेलन, २०८१ निर्देशक समितिको बैठकमा अर्थमन्त्री डा महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताबाट चासो आइरहेको बताउनुहुँदै गम्भीरताका साथ परियोजनाको तयारी गर्न निर्देशन दिए ।
अर्थमन्त्री डा महतले लगानी सहजीकरण, परियोजना कार्यान्वयन र सञ्चालन तथा नाफा फिर्ता लैजान सरल व्यवस्था गरी नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश दिनका लागि लगानी सम्मेलन आयोजना गरिएको बताए ।
लगानी सम्मेलनको निर्देशक समितिका संयोजकसमेत रहनुुभएका अर्थमन्त्री डा महतको संयोजकत्वमा सम्पन्न सो बैठकमा लगानी सम्मेलनलाई लक्षित गरी तयार भएको नीति, कानुन तथा संरचनागत सुधारसम्बन्धी प्रतिवेदन तथा परियोजनाका सम्बन्धमा छलफल भएको थियो ।
मन्त्री डा महतले आगामी जुनमा विश्व बैंकको सहुलियतदरमा ऋण दिने संस्थाले ९आइडी०को सम्मेलन नेपालमा आयोजना गर्न विश्व बैंक तयार रहेकोसमेत जानकारी दिनुभयो । “औपचारिकपत्र केही दिनमा आउँदैछ । अहिलेसम्म सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुनेछ । विश्व बैंकका अध्यक्षलगायत ९२ भन्दा बढी देशका प्रतिनिधिको सम्मेलनमा सहभागी रहनेछ”, उनले भने।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले लगानी सम्मेलनलाई लक्षित गरी हालसम्म विभिन्न क्षेत्रका एक सय पाँचवटा योजना वर्गीकृत भइसकेको जानकारी दिए । निजी क्षेत्रबाट समेत थप योजना आउने प्रतिबद्धता आइरहेको उनले बताए ।
अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा कोषराज पाण्डेले विदेशी लगानीलाई सहज ढङ्गले भित्र्याउने र लगानी सुरक्षित बनाउने वातावरण तयार गर्नुपर्नेमा जोड दिए । लगानीका लागि सहज वातावरण बनाउ सके सम्मेलनको सार्थकता थप बढ्ने उनको भनाइ थियो ।
बैठकमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिए । वातावरणमैत्री उद्योग निर्माणका लागि नीतिहरू सहज बनाउनु आवश्यक रहेको उनको भनाइ थियो ।
नीति, कानुन तथा संरचनागत सुधार कार्यदलका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकनारायण अर्यालले कानुनी तथा नीतिगत सुधारका सम्बन्धमा तयार भएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बैठकमा तेस्रो लगानी सम्मेलनमा प्रस्तुत हुने परियोजना तयारीका सम्बन्धमा प्राविधिक समितिका संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द निरौलाले प्रस्तुतीकरण गरेका थिए। प्राविधिक समितिले परियोजना अध्ययनको विभिन्न चरणमा रहेका परियोजना वर्गीकरण गरी परियोजनाको प्रारम्भिक सूची तयार गरी थप गृहकार्य अघि बढाएको छ ।
लगानी सम्मेलनसम्बन्धी समग्र तयारीबारे लगानी सम्मेलन सचिवालयका संयोजक तथा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले विस्तृत प्रस्तुतीकरण गरेका थिए।
छलफलमा सरोकारवाला मन्त्रालयका मन्त्री, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठलगायतको उपस्थिति थियो ।

















76th Democracy Day celebrated in Portugal
6,622 students of Pokhara University being graduated today
13 days to HoR Elections: EC opens TikTok competition for election publicity
आज शुक्रबारकाे सुन चाँदीकाे मूल्य यस्ताे
निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
९५५ केजी गाँजासहित दुई जना पक्राउ
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
प्रतिक्रिया