भरतपुरमा सुरक्षित आप्रवासन कार्यक्रम प्रभावकारी बन्दै

चितवन । वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामी कार्यक्रम भरतपुरमा प्रभावकारी बन्दै गएको छ ।
भरतपुर महानगरपालिकाभित्र परियोजना सञ्चालन भएपछि वैदेशिक रोजगारीमा गएका, गएर फर्किएका र जाने तयारीमा रहेका व्यक्ति तथा परिवारका सदस्य यसबाट लाभान्वित भएका हुन् ।
भरतपुर–१८ की गीता अधिकारीका श्रीमान् लामो समययता विदेशमा श्रमिक हुनुहुन्छ । घरमा मुख्य जिम्मेवारी लिने मान्छे नहुँदा घरको जिम्मेवारी गीताको काँघमा परेको छ । उनले सबै जिम्मेवारी थेग्न सक्नुभएन र उनलाई मनोसमामाजिक समस्याले ग्रस्त बनाउन थाल्यो ।
गीताले भनिन्, “श्रीमान् विदेश गएपछि घरमा बसेर काम गर्ने जाँगर केही हुन्थेन । घरमा कमाई नहुँदा सबै उनकै भरमा परिन्थ्यो ।” सामी कार्यक्रममा संलग्न भएपछि आफूमा धेरै परिवर्तन आएको उनले बताए। “पहिला केही काम गर्न मन नलाग्ने, काम गरे पनि सफलता नहुँदा निकै निरास भएको थिएँ । अहिले घरमा बाख्रा, भैँसी पाल्नुका साथै किसानी गरेर परिवारको खर्च बचत गरेको छु ।”
गीताले श्रीमान्लाई अब यही बोलाएर व्यवसाय गर्ने सोच बनाएको बताइन् । उनले भनिन्, “काम गरे यहीँ पनि हुनेरहेछ । श्रीमान्लाई अब बोलाएर गाउँमा मिल खोल्ने योजना बुनेको छु । यो कार्यक्रम निकै प्रभावकारी छ । मलाई त यस कार्यक्रममा जाँदा माइत गएको जस्तो अनुभव हुन्छ ।”
त्यसैगरी घरको चारजना विदेशमा श्रम गर्न हिँडेपछि भरतपुर–१६ निवासी शोभा भुसाल सापकोटाको घर रित्तो भएको थियो । घरमा काम गर्नेहरू विदेश भएपछि उहाँको परिवार पूर्णतया विदेशको आम्दानीमा आश्रित भयो । घरमा भएका निष्क्रिय जीवन बिताउन थाले ।
अहिले भने सापकोटा यतिखेर आफ्नै घरको काममा व्यस्त र सक्रिय हुनुहुन्छ । उनले घरखर्च आफँैले कमाएर चलाएकी छिन् । उनले भनिन्, “आनन्दसँग बसेर पनि नहुँदो रहेछ । निस्क्रिय भएर बस्दा झन् समस्या हुने रहेछ । घरमा उपलब्ध हुँदाहुँदै पनि हरेक सामान हामी किनेर खाने अवस्थामा थियौँ, तर आजकाल त्यस्तो छैन ।” उनी आफ्नो खर्च र बालबालिकाको खर्चका लागि खेती किसानीको काम गर्दै आएकी छिन् ।
विदेशबाट आएको पैसाले मात्रै घरखर्च चलाउँदा मानसिकरूपमा असर पर्दै गएको हुँदा सामी परियोजनाको मनोपरामर्शका कारण अहिले घरलाई चाहिने आवश्यक खर्च आफैँ जुटाउन थालेका सापकोटाले बताइन् ।
भरतपुर–१६ कै सङ्गीता रेग्मी भट्टले पहिला–पहिला वैदेशिक रोजगारबाट आएको रकमले घरखर्च चल्ने भएपछि सबै काम भुल्दै गएको बताइन् । घरम निष्क्रिय भएर बस्दा घरायसी समस्या उत्पन्न हुन थालेपछि मानसिकरूपमा पनि कमजोर भएकी उनी अहिले त्यस्तो नरहेको बताउछिन् । उनले भनिन्“सामी परियोजनामार्फत बचत गर्ने र आफूले पनि केही गर्नुपर्छ भन्ने भएपछि अहिले त्यस्तो समस्या छैन ।” बचत गर्ने बानीको विकास र मानसिकरूपमा हुने समस्या समाधानका लागि मनोपरामर्श तालिम आवश्यक रहेको उनको भनाइ छ ।
वैदेशिक रोजगारमा श्रीमान् रहेको समयमा मानसिक समस्या उत्पन्न भएर आत्महत्याको प्रयाससम्मको सोच बनाएकी भरतपुर–२५ की राधा खाती अहिले मानासिक र शारीरिकरूपमा स्वस्थ छिन् । श्रीमान् विदेशमा गए पनि सोचेजस्तो कमाई हुन नसकेपछि उनलाई व्यवहारले पिरोल्दै गयो । श्रीमान् गएको ऋणसमेत तिर्न नभ्याउँदै श्रीमान्लाई स्वास्थ्यमा समस्या देखिएर नेपाल फर्कनुपरेको उनले गुनासो गर्दैगर्दा उनि निकै भावुक बनिन् ।
यो समयमा आफूलाई मनोपरामर्श र परिवार कसरी चलाउने भन्ने ज्ञान नभएको भए अहिले यो स्थानमा आउन नसक्ने खातीले बताइन् । सामी परियोजनाका कारण श्रीमान् आएसँगै आफूहरूले घरमै काम गरेर परिवार चलाउने गरेको उनले सुनाइन् । परियोजनाले वैदेशिक रोजगारमा गएका परिवारलाई उपचार गर्न भन्दै सहयोग गरेपछि उनीहरूको परिवारमा खुसीयाली छाएको उनले बताइन् ।
भरतपुर–१७ की चन्द्रमाया दुरा अब वैदेशिक रोजगारमा रहेका श्रीमान्लाई नेपालमा बोलाएर व्यवसाय गर्ने सोचमा छिन् । विगत सात वर्षदेखि वैदेशिक रोजगारका क्रममा कतारमा रहेएकी उनका श्रीमान्लाई बोलाएर यही काम गर्ने सोचमा रहेको उनले बताइन् । श्रीमान विदेशमा हुँदा कमाएको पैसा केही वचत गरेर अहिले थोरै कुखुरा पालेको बताउँदै उनले अब श्रीमानलाई विदेश नपठाउने बताइन् । उनले भनिन् “परिवारको जिम्मेवारी उठाउने श्रीमान नहुँदा मानसिक रुपमा समस्या हुँदो रहेछ ।”
भरतपुर महानगरपालिकाभित्रका ९६ हजार घरधुरीमा ३३ हजार घरधुरीबाट वैदेशिक रोजगारमा गएका छन् । एउटै घरबाट चार जनासम्म वैदेशिक रोजगारमा जाने गरेको सामी परियोजनाका कार्यक्रम संयोजक सूर्यप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार हरेक वर्ष भरतपुर महानगरपालिकाबाट मात्र छ हजारभन्दा बढी श्रम अनुमति लिएर रोजगारीका सिलसिलामा विदेश जाने गरेका छन् । गत आवमा मात्र भरतपुरबा छ हजार पाँच सय ६१ जनाले श्रम अनुमति लिएर रोजगारीमा गएका शर्माले जानकारी दिए ।
वैदेशिक रोजगारमा रहेको समयमा अङ्गभङ्ग भए वा मृत्यु भएका परिवारका लागि अध्ययन खर्च र उपचारमा वैदेशिक रोजगार बोर्डले सहयोग गर्ने विषयमा ज्ञान नहुँदा त्यसको सेवा लिन आउनेको सङ्ख्या कम रहेको शर्माले जानकारी दिए । उनका अनुसार परियोजनाले जिल्लाका चार पालिकामा काम गर्दै आएको छ ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
प्रतिक्रिया