एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता
क्यानडाविरुद्ध कप्तान रोहितले दिलाए नेपाललाई अर्काे सफलता
मेरोन्यूज
२०८० माघ २५ गते १५:१०

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले तेस्रो सफलता दिलाएका छन् ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याइरहेको क्यानडाका पर्गत सिंहलाई रोहितले १९.४ ओभरमा पभेलियनको दिशा देखाए ।
क्यानडाबाट अर्धशतक बनाएका पर्गतले निकालस किर्टोनसँग ७९ रनको साझेदारी गर्दै टिमको इनिङ सम्हालेका थिए । क्यानडाको यो साझेदारी तोडेका रोहितले पर्गतलाई ५० रनमा ललितनारायण राजवंशीबाट क्याच गराए ।
जारी खेलको २२ ओभर समाप्त हुँदा क्यानडाले तीन विकेट गुमाएर १२२ रन बनाएको छ ।
यसअघि नेपालका लागि रिजन ढकाल र सोमपाल कामीले विकेट लिएका हुन् ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रनको योगफल खडा गरेको थियो ।
सम्बन्धित
















अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया