सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा

काठमाडौं । सानिमा जीआइसी इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा कमाएको छ। कम्पनीले १० करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको हो। यो नाफा गत वर्षको यसै अवधिको तुलनामा २०.९४ प्रतिशतले बढी हो।
अघिल्लो वर्ष यसले ८ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यस वर्ष कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २७.८४ प्रतिशतले बढेको बम्पनीले जनाएको हो। यसको लगानी तथा कर्जाबाट हुने आम्दानी १० करोड ३१ लाखबाट बढेर १३ करोड १८ लाख रुपैयाँ पुगेको छ।
यता, कम्पनीको कुल दावी भुक्तानी भने ११.६३ प्रतिशतले घटेर ३१ करोड ९८ लाख रुपैयाँमा झरेको छ। गत वर्ष यो ३६ करोड १९ लाख रुपैयाँ थियो। हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ। यसको रिटेन्ड अर्निङमा १३ करोड ७५ लाख रुपैयाँ रहेको छ।सानिमा जीआइसीको बिमा कोषमा ४ अर्ब १५ करोड रुपैयाँ रहेको छ।
पुससम्म यसले २९ करोड ३४ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ। यो गत वर्षको भन्दा ३२.४२ प्रतिशतले धेरै हो। यसको प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ ७३ पैसाबाट बढेर १० रुपैयाँ ५६ पैसा (वार्षिक) कायम भएको छ। प्रतिसेयर नेटवर्थ भने १३७ रुपैयाँ ९८ पैसा रहेको छ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
प्रतिक्रिया