आजदेखि ई-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु

काठमाडौं । अध्यागमन विभागले आजदेखि ई-भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ ।
आज विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गरेका हुन् । यो सेवा सुरु गरेसँगै नेपाल आएका पर्यटकले ई–भिसा देखाएपछि एयरपोर्टमा नै भिसा पाउनेछन् ।
विभागले केही समय अघिदेखि परीक्षणका रूपमा सुरु गरिसकेको सेवा पूर्णरूपमा सफल भएपछि आजबाट औपचारिकता दिएको हो। नेपाल आउने विदेशी पर्यटकलाई भिसाका लागि दूतावास धाउनुपर्ने र विमानस्थलमा लाइन लाग्नुपर्ने बाध्यता हटेको विभागले जनाएको छ।
विभागले स्वचालित प्रणाली लागू गर्दै अनलाइन तथा भावी सुधारका योजनासमेत सार्वजनिक गरेको छ। ई-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाले भिसा प्रक्रिया र विदेशी पर्यटकका लागि सहज हुने विभागको दाबी छ।
यो भिसा प्रणाली लागू भएसँगै विदेशी नागरिकले जुनसुकै स्थानबाट भिसाका लागि आफैँ आवेदन गर्न सक्नेछन्। साथै, अध्यागमन विभाग र कार्यालयहरूलाई पूर्णरूपमा प्रविधियुक्त र स्वचालित समेत भइसकेको विभागले जनाएको छ।
हाल विहान १० बजेदेखि ५ बजेसम्म कार्यालय सञ्चालन हुने गरेकोमा फागुन १ गतेदेखि विहान ८ बजेदेखि साँझ ८ बजेसम्म र इ-भिसा सुरु भएपछि बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म सिफ्ट प्रणालीमा हरेक दिन कार्यालय सञ्चालन हुने विभागले जनाएको छ।
















Jumla temperature drops to minus 0.71 degree Celsius, affects life
म्याग्दीका किसान माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
Women’s T20 World Cup Global Qualifier: Nepal out of Group Stage
सानिमा बैंकका नवनियुक्त सीईओ आचार्यले गरे पदभार ग्रहण
अमेरिकामा निजी जहाज उडानका क्रममा दुर्घटनाग्रस्त, आपतकालीन टोली सक्रिय
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
दुई हजार एक सय जना एमालेमा प्रवेश
प्रतिक्रिया