मकरका लागि आजकाे दिन विशेष, अन्य राशिकाे कस्ताे छ ?

आज मिति २०८० साल माघ २७ गते शनिवार। माघ शुक्ल प्रतिपदा । पञ्चाङ्ग: वरियान किंस्तुघ्न धनिष्ठा। फ्रेबुअरी १० तारिख २०२४
यस्ताे छ तपाईंकाे आज काे राशिफल :-
मेष: आज रमाइलो यात्राको सम्भावना छ । रोकिएको धन हात पर्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।
वृष: समाजसेवामा मन लाग्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ ।
मिथुन: आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । शरीर भारी र मन अस्थिर रहने संकेत पनि देखिन्छ ।
कर्कट: चलाखीपूर्ण बोलीले सिद्ध हुनेछ । साथीभाइसँग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
सिंह: आज महिला वर्गबाट विशेष साथ र सहयोग मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सामाजिक क्षेत्रबाट पनि राम्रो सहयोग पाइनेछ ।
कन्या: आज छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ ।
तुला: आज स्वास्थ्यमा समस्या आउनसक्छ । सहकर्मीबाट विरोध आउला । गरेका काममा ढिलासुस्ती हुनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।
वृश्चिक: आज पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।
धनु: श्रमको उचित मूल्याङ्कन हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । जोशजाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला ।
मकर: आज शुभ कार्यमा सरिक भइनेछ । चिताएको कामले तीव्रता लिनेछ । कलासाहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
कुंभ: अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ ।
मीन: राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ ।















जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
प्रतिक्रिया