श्रव्यदृश्य निर्माणमा एआइको प्रयोग

काठमाडौँ । सूचना प्रविधिका क्षेत्रमा कृत्रिम बौद्धिकता (आर्टिफिसिएल इन्टेलिजेन्ट–एआइ) को छुट्टै स्थान छ ।
केही समययता लोकप्रिय भइरहेको मानवनिर्मित प्रविधि एआइमा मानिससरह सोच्ने, बोल्ने र व्यवहार गर्ने क्षमता हुन्छ ।
गुगल, माइक्रोसफ्ट, लेनोभोजस्ता सूचना प्रविधिसँग प्रत्यक्ष सरोकार राख्ने हार्डवेयर तथा सफ्टवेयर उत्पादकहरू एआइमा काम गरिरहेका छन् । इन्टरनेट प्लेटफर्ममा एआइ प्रविधिका विभिन्न एपहरू चर्चामा पनि रहेका छन् ।
ती एपहरूले सङ्कलन गरेर नयाँ ढङ्गले सूचना प्रस्तुत गर्नका लागि जेनेरेटिभ एआइ प्रविधिको प्रयोग गर्छन् अर्थात् ‘ओपन सोर्स’मार्फत सूचना निर्माण गर्ने काम गर्छन् । यसै प्रविधिमार्फत हाल नेपाली गीतका लागि श्रव्यदृश्य तयार गरिएको छ ।
गायक प्रमोद खरेल र गायिका डा त्रिशाला गुरुङले गाउनुभएको बालबालिकालाई असल नागरिक बन्न प्रेरणा दिने सन्देश बोकेको गीत ‘तिमी जे बन, उदाहरण बन’ को श्रव्यदृश्य एआइ प्रविधिमार्फत तयार गरिएको हो ।
“हामीले सोचेजस्तो भिडियोलाई एआइको मद्दतले तयार गरेका हौँ । अहिले विश्वभर प्रविधिको प्रयोग बढिरहँदा हामीले पनि सुरुआत गरेका हौँ”, निर्देशक ढुङ्गेलले भने “गीतले आफ्ना सन्तान प्राध्यापक, डाक्टर, इञ्जिनियर, पाइलटजस्ता निश्चित पेसामा लागेको देख्न रुचाउने परम्परागत सोचभन्दा माथि उठेर जेजस्तो काम, पेसा वा व्यवसायमा लागे पनि आफ्नो कार्यमा उत्कृष्ट हुने कोसिस गर्दै असल मान्छे बन्न प्रेरित गरेको छ ।” श्रव्यदृश्यलाई राजु बस्नेतले सम्पादन गरेका हुन्।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया