शनिबार, मंसिर ६, २०८२

इन्डियन आइडलको टप टेनमा पुगेकी गायिका मेनुका पौडेललाई राष्ट्रपतिले गरे सम्मान

मेरोन्यूज २०८० माघ २९ गते १९:१२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् ।

उनले आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा मेनुकालाई सम्मान गरेका हुन् ।

राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च पारेको बताए । उनले निरन्तरको अभ्यासबाट मानिसलाई सफलता प्राप्त हुने बताए ।

प्रतिक्रिया