बुधबार, मंसिर १७, २०८२

चपाएर खुवाउने चलनबाट भएकाे थियाे चुम्बनकाे सुरुवात

मेरोन्यूज २०८० फागुन १ गते १८:२७

काठमाडौं । आज भ्यालेन्टाइन सप्ताहको छैटौँ दिन अर्थात् किस-डे ।

विश्वमा पहिलो चुम्बनको लिखित इतिहास पूर्वी वैदिक संस्कृति साहित्यमा पाइन्छ । विश्वका प्रसिद्ध मानवशास्त्री विलियम जान्कोभिकले चुम्बनबारे अनुसन्धान गरेका थिए । अनुसन्धानका क्रममा उनले विश्वभर १६८ ज्ञात संस्कृतिमध्ये ४६ प्रतिशतमा ओठले ओठमा चुम्बनको चलन रहेको पाए । अन्यत्र भने कतै हात, कतै टाउकोमा चुम्बन गर्ने गरेको पाइयो ।

चुम्बनलाई रोमान्सको परम्परा मात्रै ठान्ने गल्ती नगर्नुहोला । केहि सेकेन्डको चुम्बनबाट मात्रै पनि पार्टनरहरुले एकअर्काको बारेमा धेरै कुरा जान्न बुझ्न सक्छन् । जसलाई लेखेर वा बोलेर व्यक्त गर्न घण्टौँ लाग्न सक्छ । एक अर्कालाई चुम्बन गर्दा शरीरको न्यूरो सिष्टम र हार्मोनहरू दौडिन थाल्छन् ।

आज किसिङ डेमा चुम्बनको विज्ञान, यसँग सम्बन्धित केही कथा सम्बन्धमा यसको महत्वबारे कुराकानी गर्नेछौँ ।

शरीरको सबैभन्दा कोमल अंग हो ओठ

मानिसहरु अँगालो हाल्छन् र हात पनि मिलाउँछन् । तर चुम्बनमा यस्तो के खास छ कि सम्बन्धको लागि यति महत्त्वपूर्ण भएको हो ? यसको जवाफ मानव शरीरको संरचनामा पाइन्छ । अन्य अंगको तुलनामा ओठमा सबैभन्दा धेरै स्नायु न्यूरोन्स हुन्छ । जसकै कारण ओठ हाम्रो शरीरको सबैभन्दा नाजुक र संवेदनशील अंग हो । चुम्बन प्रक्रिया सुरु हुने बित्तिकै ओठमा रहेको नर्भ न्यूरोन्सले बासना, स्पर्श र स्वादको माध्यमबाट मस्तिष्कलाई सन्देश पठाउन थाल्छ ।

यति बेला मानव मस्तिष्कले अगाडिको व्यक्तिबारे धेरै कुरा थाहा पाउँछ । किस गरिरहेको व्यक्ति राम्रो पार्टनर बन्न सक्छ कि सक्दैन, भरोसा गर्न लायक छ कि छैन चुम्बन गर्दा नै यस्ता कुरा धेरथोर थाहा पाइन्छ । तपाईँलाई यो थाहा नहुन सक्छ, तर चुम्बन गर्दा दुईवटा मुटु र मस्तिष्कले यूएसबीले जस्तै डाटा ट्रान्सफर गरिरहेको हुन्छ ।

मुखले चपाएर खाना खुवाउने गर्दागर्दै सुरु भएको थियो चुम्बन चलन

अहिले चुम्बन प्रेमको प्रतीक बनेको छ । तर सुरुमा चुम्बन अहिले हामीले जुन स्वरुपमा देखि रहेका थियौँ त्यस्तो थिएन । चुम्बन मातृत्वसँग जोडिएको थियो । वास्तवमा आदिम मानवको युगमा आगो बाल्ने चलन थिएन । आमाहरूले काँचो मासु वा तरकारी चपाएर छोराछोरीका मुखमा हालिदिने गर्थे, ताकि उनीहरूले आरामसँग खान सकुन् । यो चराले आफ्नो बच्चालाई चुच्चोले चारा खुवाइको जस्तै हुन्थ्यो ।

यो स्वभाव हाम्रा पुर्खा बाँदरको समयदेखि मानव स्वभावमा सरेको हो । कुनै पनि बच्चालाई चुम्बन गर्न सिकाउनु नपर्ने कारण यो पनि हो । आमा नजिक आउने बित्तिकै बालकले आमालाई ओठले चुम्न खोज्छ । चुम्बनले खाना, प्रेम र सुरक्षा प्राप्त हुन्छ भन्ने कुरा उसको डीएनएमै कोडेड हुन्छ ।

डार्विनले उद्विकासको सिद्धान्तमै चुम्बनको विज्ञानको व्याख्या गरेका थिए

चुम्बन भावनाहरू आदानप्रदान गर्ने सबैभन्दा प्रभावकारी माध्यम भएको मानवविज्ञान र मनोविज्ञानमा अनुसन्धानले देखाएका छन् । त्यस्तो हो भने अरु जनावरले किन चुम्बन गरेनन् त रु ओठबाट ओठ चुम्बन सामान्यतया मानिसहरूमा मात्र देखिन्छ । केही प्रजातिका चराचुरुङ्गी र स्तनधारीहरूमा चुच्चोले खना खुवाउने चलन देखिएको छ तर तिनीहरूमा पनि भावना व्यक्त गर्न चुम्बन गर्ने चलन छैन । प्रसिद्ध वैज्ञानिक चार्ल्स डार्विनले आफ्नो विकास सिद्धान्तमा यसको कारण पनि दिएका छन् ।

उद्विकासक्रमको बेलामा मानिसहरूले आफ्ना धेरै आदिम गुण त्यागे । यस क्रममा मानवको सिकार गर्ने, सुँघ्ने र हेर्ने क्षमता घट्यो । यसका लागि मान्छेले हतियारको सहारा लिन थाले । जनावरहरूले एकअर्काका भावनाहरू केही फिटको दूरीबाट सुँघेरै बुझ्न सक्छन्, तर मानिसहरूलाई समान भावनाहरू बुझ्न लिप–लक चाहिन्छ । किनकि विकासको क्रममा, हाम्रो सुघ्ने शक्ति कम भयो ।

यसलाई अझ सरल भाषामा भन्नुपर्दा कुकुर, सिंह, हात्ती वा डल्फिनले सुँघेर वा तरंगबाटै एक अर्काको भावना बुझ्न सक्छन् । तर यो शक्ति क्षीण हुँदै गएकोले मान्छेलाई भने चुम्बन गर्दा जत्तिकै नजिक आउन जरुरी भयो ।

चुम्दा साँच्चै नाक बिचमा आउँछ ?

फिल्म ‘थ्री इडियट्स’ मा आमिर खानले करीना कपूरलाई लिएर रोमान्टिक सपना देखेका छन् तर त्यो सपना बिचैमा टुट्छ । हरेक पटक चुम्ने बेलामा नाक तगारो बनिदिन्छ । साँच्चै यस्तो हुन्छ त रु यसको जवाफ हो बिल्कुल होइन । दुई जनाको नाक एक आपसमा ठोक्किनु पनि चुम्बन नै हो । यसलाई एस्किमो किसिङ भनिन्छ ।

चुम्बनमा हरेक मिनेट २५ क्यालोरी बर्न हुन्छ, चिन्ता र थकान कम हुन्छ

तपाईंले चुम्बनको इतिहास, यसको लोकप्रिय विधिहरू र यसको भावनात्मक कोण सिक्नुभएको छ। तर, चुम्बन केवल परिचय र प्रेममा सीमित छैन। यसले स्वास्थ्यमा पनि धेरै सकारात्मक प्रभाव पार्न सक्छ।

‘मेडिकल हाइपोथेसिस’ जर्नलमा प्रकाशित रिपोर्ट अनुसार चुम्बन गर्दा प्रति मिनेट २५ क्यालोरी बर्न हुन्छ । रिपोर्टमा यो पनि भनिएको छ कि २० सेकेन्डको किसिङ सेसनपछि शरीरमा पर्याप्त मात्रामा राम्रो हर्मोन उत्सर्जन हुन्छ, जसले दुवै पार्टनरलाई आराम महसुस गराउन प्रभावकारी हुन्छ । यस अवधिमा पार्टनरको रक्तचाप सामान्य हुन्छ।

प्रतिक्रिया