आज तपाईंको दिन कस्तो ? के भन्छ राशीफल

आज मिति २०८० साल फागुन २ गते बुधवार । माघ शुक्ल पञ्चमी। पञ्चाङ्ग: शुभ बालव रेवती। फ्रेबुअरी १४ तारिख २०२४
यस्ताे छ तपाईंकाे आज काे राशिफल :-
मेष: आज धूम्रपान र मद्यपानबाट टाढै रहनुहोला । सामान हराउने वा चोरी हुने भएकाे छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।
वृष: आज नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नसक्छ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहुन सक्छ ।
मिथुन: आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ ।
कर्कट: आज अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा प्रतिष्ठा र पदोन्नतिको ढोका खोलिनेछ ।
सिंह: नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।
कन्या: आज दाम्पत्य जीवन सुखमय हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शत्रु पनि पराजित हुनेछन् । धार्मिक यात्राको योग छ ।
तुला: आज आफन्त र प्रिय व्यक्तिसँग भेट घाट होला । शुभकार्यको योजना बन्नेछ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ ।
वृश्चिक: आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अधुरो कार्यको प्रारम्भ हुनेछ । खानपिन र मनोरञ्जनमा अभिरुचि पनि बढ्नेछ ।
धनु: लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । शुभअशुभ दुवै समाचार सुनिएला । मित्रसँग मीठो भेट घाट रहनसक्छ ।
मकर: आज शुभ कार्यको योग छ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।
कुम्भ : सामाजिक कार्यमा मन जाला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।
मीन: आज नयाँ कामको योजना बन्ने वा थालनी हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।









अपाङ्गता भएका व्यक्तिको अधिकार र सम्मानलाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध : सञ्चारमन्त्री खरेल
भाँसिएको चार महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु
केराखेतीमा ‘टिआर फोर’ को सङ्क्रमण
नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
एनपीएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
सरकारले जनाधार भएका पार्टीसँग छलफल गरी चुनाव सुनिश्चित गर्नुपर्छ : संयोजक दाहाल
महाधिवेशनले उन्नत र रूपान्तरित एकता प्रदर्शन गर्ने अध्यक्ष ओलीको विश्वास
प्रतिक्रिया