बिहीबार, वैशाख २४, २०८३

नेपाल ए टिमका सम्भावित ३६ खेलाडी सार्वजनिक, प्रशिक्षकमा ज्ञानेन्द्र र कलाम

मेरोन्यूज २०८० फागुन २ गते १८:४७

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ए टिमको घोषणा गर्न ३६ जना खेलाडी छनौट गरेको छ।

Advertisement
NiccNicc

क्यानले यसअघि नै सिनियर टिमलाई दीर्घकालमा बलियो टिम बनाउन ए टिम बनाउने घोषणा गरेको थियो ।

ए टिमका लागि ३६ जनाको सूचीमा बिनोद भण्डारी, रित गौतम, दिलिप नाथ, नरेश भट्ट, आशुतोष घिरोहिया, बिबेक यादव, बशीर अहमद, बिपिन खत्री, मौसम ढकाल, रंजित कुमार, प्रतिस जिसी, विकास आग्री, अर्जुन साउद, सन्दीप जोरा, मयन यादव, अर्जुन घर्ति, अर्जुन कुमाल, रुपेश सिंह, शाहाब आलम, शेर मल्ल, दिपेश कँडेल, रिजन ढकाल, आकाश चन्द, कमल सिंह ऐरी, लोकेश बम, हरि शंकर शाह, किरण ठगुन्ना, सुजन थपलिया, रसिद खान, दिनेश अधिकारी, सगर ढकाल, दिपेन्द्र राउत, सुबाश भण्डारी,  नरबहादुर सार्की, हेमन्त धामी र कमल खत्री रहेका छन्।

त्यसैगरी क्यानले नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कालम अलीलाई चयन गरेको छ।

प्रतिक्रिया