विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने १ जना पक्राउ
मेरोन्यूज
२०८० फागुन ३ गते १९:४५

काठमाडौँ । रुस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।
एक लाख ६५ हजार ठगी गरेको अभियोगमा उदयपुरको उदयपुरगढी गाउँपालिका–९ ध्वासे फुलबारी घर भई हाल काठमाडौँको स्वयम्भू बस्दै आएका ३० वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
तामाङले दुई जनालाई वैदेशिक रोजगारीका लागि रुस पठाइ कन्स्ट्रक्सनमा मासिक रु एक लाख तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले सामाखुसीबाट पक्राउ गरेको हो ।
तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया