विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने १ जना पक्राउ
मेरोन्यूज
२०८० फागुन ३ गते १९:४५

काठमाडौँ । रुस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।
एक लाख ६५ हजार ठगी गरेको अभियोगमा उदयपुरको उदयपुरगढी गाउँपालिका–९ ध्वासे फुलबारी घर भई हाल काठमाडौँको स्वयम्भू बस्दै आएका ३० वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
तामाङले दुई जनालाई वैदेशिक रोजगारीका लागि रुस पठाइ कन्स्ट्रक्सनमा मासिक रु एक लाख तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले सामाखुसीबाट पक्राउ गरेको हो ।
तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित












प्रतिनिधिसभा निर्वाचन ५९ दिन बाँकी : आयोगले तोक्यो निर्वाचन अधिकृत
सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आज २०८२ साल पुस २१ गते सोमबारको राशिफल
एमाले उपाध्यक्ष पौडेल रुपन्देही–२ बाट उम्मेदवार सिफारिस
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया