धनुका रोकिएका काम पुनः सुरु हुने, अन्य राशिकाे कस्ताे छ दिन?

आज मिति २०८० साल फागुन ४ गते शुक्रवार । माघ शुक्ल सप्तमी। पञ्चाङ्ग: ब्रह्म वणिज भरणी । फ्रेबुअरी १६ तारिख २०२४
यस्ताे छ तपाईंकाे आज काे राशिफल :-
मेष: आजबाट भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय पनि छ ।
वृष: आज स्वास्थ्यमा खर्च बढ्नेछ । सानो तिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला ।
मिथुन: आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । सांगीतिक क्षेत्रमा रुचि पनि बढ्नेछ ।
कर्कट: ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
सिंह: आज प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । प्रेम जीवन सबल र सफल रहनेछ ।
कन्या: आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभारम्भको चर्चा पनि चल्नेछ ।
तुला: आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले राम्रै सहयोग गर्नेछन् , तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ ।
वृश्चिक: आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
धनु: रोकिएका काम पुनः सुरु हुने । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।
मकर: परिणाममुखी काम सम्पन्न होला । पारिवारिक जिम्मेवारी बढ्ने छ । कामको उचित सम्मान मिल्ने छ ।
कुम्भ : आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।
मीन: आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट विस्तारै लाभ हुनेछ ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया