महिला लघुवित्तको साधारण सभा फागुन २७ गते, शेयरधनीको हात खाली

काठमाडौं। महिला लघुवित्तले वार्षिक साधारण सभा बोलाएको छ। सभा फागुन २७ गते हिमालय दृश्य रिसोर्ट धुलिखेलमा बिहान ११ बजेदेखि सुरु हुनेछ। यस वर्ष शेयरधनीहरुको हात खाली नै हुनेभएको छ किनभने कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन।
सभामा कम्पनीले संस्थापक सेयरधनीबाट ४ जना सञ्चालक निवार्चन गर्नेछ । सभामा अन्य लघुवित्त संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ। आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ। सभा प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुक क्लोज गर्दैछ। फागनु १४ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन्।
















घडियाल गोहीको गुँड खोज्दै निकुञ्ज
इरानी सर्वोच्च नेता मोज्ताबा खमेनीद्वारा पूर्वाधार पुनःस्थापनाका लागि राष्ट्रिय अभियानको आह्वान
मनसुन पूर्वतयारी कार्ययोजना निर्माण गर्न कार्यदल गठन
कैलालीको टीकापुरमा एचआईभी सङ्क्रमित’लाई पोषण सहयोग नियमित भएन
सहकारी पीडितसँग मन्त्री रावलले थालिन् छलफल
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया