तपाईंकाे दिन कस्ताे हुनेछ ? हेर्नुहाेस् आजकाे राशिफल

६ फागुन २०८०, आइतवार । माघ शुक्ल नवमी । पञ्चाङ्ग: वैधृति कौलव रोहिणी । फ्रेबुअरी १८ तारिख २०२४
यस्ताे छ तपाईंकाे आज काे राशिफल :-
मेष: बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ ।
वृष: आज नयाँ कामको योजना बन्नेछ ।कृषि क्षेत्रको कार्य अघि बढ्नेछ । शेयर बजारबाट पनि लाभ मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।
मिथुन: चलाखीपूर्ण बोलीले काम सफल होला । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
कर्कट: आज शुभ कार्यको चर्चा र नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । नजिकको यात्राको योग पनि छ ।
सिंह: विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद् भेटको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
कन्या: शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । शेयर बजारले पनि साथ दिनेछ ।
तुला: सामान हराउने वा चोरी हुने सम्भावना छ । सचेत रहनुहाेला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।
वृश्चिक: मनमा उत्साहका साथै बोली बिक्ने समय छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।
धनु: आज धनार्जनका नयाँ स्रोतहरूमा विचार बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
मकर: शुभकार्यको चर्चा चल्नेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।
कुम्भ: शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । खानपिनमा विचार गर्नुहोला ।
मीन: आज आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट र सम्बन्ध सुमधुर हुनेछ । प्रेममा पनि सफलता मिल्नेछ ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया